Headline

राष्ट्रिय टोली आज इराकको लागि उड्दै 

Published

on

इराकसँगको मैत्रीपूर्ण खेल तथा कुवेतमा आयोजना हुने एसिया र विश्वकप छनोट खेलका लागि नेपाली टोली आज त्यस तर्फ उड्दै छ ।

नेपाली टोली आज राती १० बजे कतार एयरको चार्टर्ड फ्लाइटबाट दोहा हुँदै इराकका लागि उड्न लागेको हो ।

नेपालले मे २९ मा इराकसँग बासरा रङ्गशालामा मैत्रिपूर्ण खेल खेल्दै छ । त्यस पछि नेपाली टोली त्यहीबाट विश्वकप छनोटका खेल खेल्न कुवेत लाग्ने छ । कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

केहि दिन अघि मात्र नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले २३ सदस्य राष्ट्रिय टोलीको घोषणा पनि गरिसकेका छन् । अब्दुल्लाले सार्वजनिक गरेको टोलीमा भरत खवास, रन्जित धिमाल, अमित तमाङ, सेसेहाङ आङ्दाम्बे, रवी पासवान, निशान खड्का, बिबेक बस्नेत, नितिन थापा र दर्शन गुरुङले स्थान बनाउन सकेनन् भने कमल थापा, मनिष डाँगी, आयुष घलान, गौतम श्रेष्ठ, सुरज जिउ ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।

नेपाली टोली
गोलरक्षक: किरण कुमार लिम्बु, बिशाल सुनार, दिप कार्की
डिफेन्डर: अनन्त तमाङ, गौताम श्रेष्ठ, सुमन अर्याल, बिकास खवास, रोहित चन्द, दिनेश राजवंशी
मिडफिल्डर: विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान, कमल थापा
फरवार्ड : नवयुग श्रेष्ठ, आशिष लामा, सुनिल बल, अभिषेक रिजाल

Click to comment

Trending