Euro 2020

युरो अघि इंग्ल्यान्डलाई धक्का, गोलकिपर पप खेल्नेमा शंका

Published

on

युरो कप सुरु हुन केहि हप्ता अघि मात्र इंग्ल्यान्डलाई ठुलो धक्का लागेको छ । बर्नली र इंग्ल्यान्डका गोल किपर निक पपको युरो सहभागिता शंकाको घेरामा परेको छ ।

बर्नलीले जनाए अनुसार २० बर्षिय पपको यसै हप्ता घुँडाको शल्यक्रिया गर्न पर्ने भएको छ । जसका कारण उनले ग्यारेथ साउथगेटको युरो २०२० को टोलीमा स्थान बनाउने बारेमा शंका उब्जिएको हो । बर्नलीले पप शल्यक्रिया पछि कती समय मैदान बाहिर रहने भन्ने बारेमा केहि खुलाएको छैन ।

“हामीले यसलाई दुर्भाग्य भन्न पर्दछ कि निकको घुँडाको शल्यक्रिया गर्न पर्ने भएको छ,” बर्नलीका म्यानेजर सिन ड्चेले जनाए । घुँडामा लागेको चोटका कारण पपले प्रिमियर लिग अन्तर्गत बर्नलीको शेफिल्ड युनाइटेड अन्तर्गतको अन्तिम खेल पनि गुमाएका थिए । “यो पक्कै पनि राम्रो हैन, निकको लागि तथा हाम्रो लागि साथ साथै इंग्ल्यान्ड टोलीको लागि । यस बारेमा के हुन्छ हेरौं । हाम्रो बिचारमा उनको चोट तथा शल्यक्रिया गम्भीर हैन । तर पनि यो गर्न आवश्यक छ ।”

“उनी शेफिल्डसँगको अन्तिम खेलका लागि मैदानमा उत्रन आतुर थिए । तर उनी अभ्यासमा पनि आउन सकेनन् । त्यसैले पनि अन्तिम खेलका लागि ठोस निर्णय लिनु जरुरी थियो । त्यसैले पनि उनले अन्तिम खेल गुमाउन पर्यो ।”

पछिल्लो केहि बर्ष देखि जोर्डन पिकफोर्ड इंग्ल्यान्डको पहिलो रोजाइका किपर रहेको भए पनि इंग्ल्यान्डले खेलेको पछिल्लो तीन खेलमा पोपले गोल पोस्ट सम्हालेका थिए ।

Click to comment

Trending