अन्तर्राष्ट्रिय

अफगानिस्तानले पहिलो पटक पाकिस्तानसँग शृंखला खेल्ने 

Published

on

अफगानिस्तानले पहिलो पटक पाकिस्तानसँग एकदिवसीय शृंखला खेल्ने भएको छ ।

अफगानिस्तान क्रिकेट बोर्डको आयोजनामा हुने शृंखला तीन एकदिवसीय खेलको हुनेछ । यस अघि दुबै टोलीले आईसीसी र एसीसीको प्रतियोगितामा एक अर्का विरुद्ध खेलेको भए पनि पहिलो पटक शृंखला खेल्न लागेका हुन् ।

सेप्टेम्बरमा आयोजना हुने शृंखला युएईमा खेलिने छ । तर शृंखलाको मिति र स्थल भने निश्चित भएको छैन । अफगानिस्तानले शारजाह, आबु धाबी र दुबई मध्य एकमा गर्ने यकिन भए पछि मिति पन्नी सार्वजनिक गर्ने जनाएको छ ।

पाकिस्तान विरुद्धको शृंखलाका लागि अफगानिस्तान क्रिकेट बोर्डले युएई सरकारसँग पनि समन्वय सुरु गरेको छ । गत जनावरीमा अफगानिस्तानले आयरल्याण्ड विरुद्ध आयोजना गरेको एकदिवसीय शृंखलामा भिसाको समस्या भोगेको थियो । युएईको भिसा पाउन नसक्दा अफगानिस्तानले शृंखला ओमानमा सार्न खोजेको थियो । तर आयरल्याण्ड ओमानमा नखेल्ने जनाए पछि शृंखला नै रद्द हुने स्थिती सम्म पुगेको थियो । अन्त्यमा अफगानिस्तानले भिसा पाए पछि शृंखल युएईमा नै भएको थियो ।

त्यस्तै अफगानिस्तानले पाकिस्तानसँगको एकदिवसीय शृंखला पछि वेस्ट इन्डिज र अष्ट्रेलिया सम्मिलित ट्वान्टी ट्वान्टी त्रिकोणात्मक शृंखला आयोजना गर्ने जनाएको छ । यसका लागि दुबै क्रिकेट बोर्डसँग सल्लाह गर्दै गरेको र यसको मिति र तालिका केहि दिनमा नै सार्वजनिक गर्ने पनि जनाएको छ ।

Click to comment

Trending