अन्तर्राष्ट्रिय

मेस्सीले ला लिगाको अन्तिम खेल गुमाउने 

Published

on

लियोनेल मेस्सीले स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाको अन्तिम खेल गुमाउने भएका छन् ।

बार्सिलोनाले एक विज्ञप्ती जारी गर्दै मेस्सीले भोली हुने आइबर विरुद्धको खेल गुमाउने जनाएको हो । बार्साले मेस्सीलाई आगामी महिना आयोजना हुने कोपा अमेरिकाको लागि आराम दिने भएका कारण उनले अन्तिम खेल नखेल्ने विज्ञप्तीमा जनाएको छ ।

३३ बर्षिय मेस्सीले जारी सिजन बार्सिलोनाका लागि ४७ खेल खेल्दै ३८ गोल गरेका छन् । तर उनले अर्को सिजन बार्सामा नै रहने अथवा क्लब छाड्ने बारेमा केहि पनि समाचार बाहिरिएको छैन । गत सिजनको अन्त्यसँगै मेस्सी बार्सिलोना छाड्दै इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी जान खोजेका थिए । तर बार्सिलोनासँगको लफडा पछि उनले यस सिजन बार्सिलोनामा नै बस्ने निर्णय लिएका हुन् । यस सिजन फेरी उनी सिटी जाने अड्कलबाजी पनि चलिरहेको छ ।

अघिल्लो खेलमा सेल्टाभिगोसँग पराजित भए पछि बार्सिलोनाको ला लिगाको उपाधि चुम्ने सपना समाप्त भएको थियो । उक्त खेलमा पराजित हुँदा बार्सिलोना तेश्रो स्थानमा चित्त बुझाउन बाध्य भएको हो ।

सन् २०२० मा नै आयोजना हुने भनिएको कोपा अमेरिका कोरोना भाइरसका कारण सन् २०२१ को लागि सारिएको थियो । प्रतियोगिता आफ्नै घरेलु मैदानमा जुन १३ देखि जुलाई १० सम्म आयोजना हुने भए पछि मेस्सीले अन्तिम खेल नखेल्ने भएका हुन् । यस अघि कोलम्बिया र अर्जेन्टिनामा संयुक्त रुपमा आयोजना हुने भनिए पनि कोलम्बियामा चर्किएको हिंसाका कारण अर्जेन्टिनाले मात्र आयोजना गर्ने भएको हो ।

Click to comment

Trending