अन्तर्राष्ट्रिय

ट्वान्टी ट्वान्टी विश्वकपको भविष्यको निर्णय अर्को महिना गरिने 

Published

on

आगामी अक्टोबर नोभेम्बरमा आयोजना हुने भंनिएको ट्वान्टी ट्वान्टी विश्वकपको भविष्को निर्णय आगामी महिना जुन १ तारिकमा गरिने भएको छ ।

भारतमा कोरोना संक्रमणको संख्या बढ्दै गए पनि प्रतियोगिता भारतमा नै हुने कि अन्यत्र सारिने भन्ने विषयमा केहि निर्णय हुन सकेको छैन । भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले आफुहरु भारतमा नै प्रतियोगिता गर्न तयार रहेको जनाए पनि उनीहरुको नै आयोजनामा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) का २९ खेल पश्चात स्थगित गरिएको थियो भने बाँकी खेलहरु विश्वकप अघि अथवा पछि युएई वा इंग्ल्यान्डमा गर्ने तयारी गर्दैछ ।

यस अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतमा आयोजना हुने अवस्थामा नरहेको खण्डमा युएईमा नै भए पनि तोकिएको समयमा नै गर्ने जनाएको थियो । सन् २०२० मा अष्ट्रेलियामा तथा सन् २०२१ मा भारतमा आयोजना हुने तय भएको विश्वकप कोरोनाका कारण अष्ट्रेलियाको प्रतियोगिता सन् २०२२ लाई सारिएको थियो भने सन् २०२१ को भारतले नै आयोजना गर्ने आईसीसीले निर्णय लिएको थियो ।

तर सन् २०२० मा अष्ट्रेलिया रहेको भन्दा पनि हाल भारतमा रहेको अवस्था नाजुक छ । हाल भारतमा कोरोनाका कारण दुई लाख ५० हजार भन्दा धेरै संक्रमिक दिनकै बढेको छ भने मृत्यु हुनेको संख्या पनि पाँच हजारको हाराहारीमा रहेको छ ।

ट्वान्टी ट्वान्टी विश्वकप भारतमा नै आयोजना गर्ने कि अन्यत्र सार्ने भन्ने विषयमा जुन १ तारिकमा बस्ने निर्णय कार्यकारीहरुको बोर्ड बैठकले लिनेछ । त्यस्तै बिसीसीआईले पनि विश्वकप आयोजनाका बारेमा निर्णय लिनका लागि मे २९ तारिकमा विशेष साधारण सभा गर्दैछ ।

Click to comment

Trending