Headline

रियल फर्किएर सन्यास लिने बेलको इच्छा

Published

on

हाल इङ्लिश कल्ब टोटनह्याम हट्सपरका फर्वार्ड ग्यारेथ बेल अर्को सिजन रियल फर्किदै सन्यास लिने मनसायमा पुगेको बेलायती संचार मध्यामले जनाएका छन । सन् २०२० मा मात्र रियलबाट लोनमा टोटनह्याम गएका उनी पुनः स्पेन फर्किएर सन्यास लिने सोचमा रहेका छन् ।

वेल्सका कप्तान बेललाई रियल म्याड्रिडमा हुँँदा क्लबलाई अपमान गरेको आरोप लागेको थियो । त्यस्का साथ-साथै बेललाई प्रशिक्षक जिदानेले खेल समय दिएका थिएनन् भने टोलीमा पनि राख्दैन थिए ।

त्यसै कारण बेल एक सिजनका लागि लोनमा टोटनह्याम गएका थिए । रियलबाट टोलीमा पर्न लगतार असफल रहेका बेल र्टोटनह्याम आए पनि उनी अझै टोलीमा पर्न सङ्घर्षरत छन् । उनले टोटनह्याम आए यता ३७ प्रिमियर लिग खेलमध्ये १० मा मात्र सुरुआती मौका पाएका छन् ।

स्पेनिस मिडिया एएसका अनुसार बेल अब पुनः रियल फर्किने सोचमा छन् । ३१ वर्शिय बेल रियलमा एक सिजन खेल्दै सन्यास लिने बिचार गरिरहेको स्पेनिश पत्रीका मार्काले लेखेको छ ।

रियल भने बेललाई क्लबमा बोलाउन चाहदैन । उनले क्लब प्रती गरेको व्यवहारले रियल अझै रुष्ट देखिन्छ । सम्झौतामा अझै एक वर्ष बाँकी रहेकाले रियलले बेललाई अन्य कुनै क्लब लोनमा र बेच्न पनि सक्छ ।

Click to comment

Trending