Headline

मेडिकल टिमका ७ जनामाथि म्याराडोनाको हत्या अभियोग लगाइयो

Published

on

अर्जेन्टिनी फुटबल लेजेण्ड डिएगो म्याराडोनाको निधन लापरवाहीका कारण भएको भन्दै उनको उपचारमा संलग्न सात चिकित्सा व्यवसायीबिरुद्ध हत्या अभियोग लगाइएको छ ।

गत नोभेम्बरमा ६० बर्ष टेकेको केही दिनपछि म्याराडोनाको मृत्यु भएको थियो । मृत्यु अघि उनको दिमाको शल्यकृया गरिएको थियो । उनको मृत्युपछि एक छानबिन समिति गठन गरिएको थियो । मृत्युको अनुसन्धानपछि वकिलहरुले एक स्नायु चिकित्सक (न्युरो सर्जन) सँगै सात जनामाथि हत्या अभियोग लगाएका हुन् । उनीहरुलाई अर्जेन्टिना छोड्न नदिन पनि माग गरिएको छ ।

अनुसन्धनका क्रममा मेडिकल बोर्डलाई म्याराडोनाको मृत्युका दौरान उनको मेडिकल टिमले कसरी परिस्थितिलाई सम्हालेको अध्ययन गर्न पनि लगाइएको थियो । मेडिकल बोर्डले उनको मेडिकल टिमले निकै गैरजिम्मेवार, लापरवाही र कमजोर तवरले परिस्थितिले सम्हालेको ठहर गरेको थियो ।

म्याराडोनाका डक्टरहरु र लेजेण्ड फुटबलरको टोलीबीचको लिक भएको अडियो संवादले पनि उनको मृत्यु हुँदासम्म राम्रो उपचार नदिइएको पत्ता लागेको छ ।

मेडिकल टिमका सदस्य मध्ये दुई नर्स, नर्स संयोजक, डक्टर र मनोचिकित्सकमाथि पनि हत्याको अभियोग लगाइएको हो । दोषी साबित भएमा अभियुक्तहरुलाई ८ देखि २५ बर्षसम्मको जेल सजाय हुनेछ ।

फुटबल मैदान भित्र मात्र नभएर बाहिर पनि चुम्बकीय व्यक्तित्व बनाएका म्याराडोनाको निधनमा अर्जेन्टिना, बिश्व फुटबल मात्र नभएर साधारण जिवनका मानिसहरु पनि स्तब्ध भएका थिए ।

अर्जेन्टिनामा भगवान जसरी पुजिने गरेका म्याराडोना लामो समयदेखि लागु पदार्थको लतबाट उम्कन प्रयास गरेपनि सफल भइरहेका थिएनन् । तर पनि म्याराडोना फुटबलमा सकृय नरहेपनि आफ्नो उपस्थितिले सबैको ध्यान आकर्षित गर्न सफल रहेका थिए ।

Click to comment

Trending