Euro 2020

रोनाल्डोको कप्तानीमा यस्तो छ साविक बिजेता पोर्चुगलको टोली

Published

on

कोरोना भाईरसका कारण लाओ समय रोकिए पनि अर्को महिना देखी हुन लागेको युरो २०२० का लागि पोर्चुगलले क्रिचियानो रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेको छ ।

२०१६ को बिजेता पोर्चुगलले फाइनलमा आयोजक फ्रान्सलाई हराउँदै उपाधि चुमेको थियो । यो पटक पनि पोर्चुगलको टोली निकै राम्रो देखिन्छ । फर्वार्डमा रोनाल्डो सहित जाओ फिलिक्स, डिएगो जोटा र फ्रान्कफुटका सर्वधिक गोलकर्ता आन्द्रे सिल्भा छन् ।

मिड्फिल्डमा ब्रुनो फर्नन्डेज, जाओ माउटिन्हो, रेनाटो सान्चेज, सर्जिओ ओलिभिएरा, विलियम कार्भाल्हो जस्ता खेलाडी छन् । पोर्चुगलको डिफेन्स अझै बलियो देखिन्छ । बर्खरै मात्र प्रिमियर लिगका वर्ष खेलाडी भएका रुबेन डाएस, भेट्रान डिफेन्डर पेपे सहित नुनो मेन्डेज र राफेल गुरेरा जस्ता खेलाडी छन् ।

राम्रो टोली सहितको पोर्चुगललाई सहज भने छैन । निकै कठिन समुहमा रहेको पोर्चुगलमा साविक उपविजेता फ्रान्स, जर्मनी र हंगेरी रहेको छ ।

यस्तो छ पोर्चुगिज टोली:

गोलकिपर : एन्टोनी लोपेज, रुइ फ्याट्रिसिओ, रुई शिल्भा

डिफेण्डर : जाओ कान्सेलो, नेल्सन सेमेडो, जोस फोन्ट, पेपे, रुबेन डियाज, नुनो मेन्डेज, राफेल गुरेरा

मिडफिल्डर : डानिलो परेइरा, जाओ पाल्हिन्हा, रुबेन नेभेज, ब्रुनो फर्नान्डेज, जाओ माउटिन्हो, रेनाटो सान्चेज, सर्जिओ ओलिभिएरा, विलियम कार्भाल्हो

फरवार्ड : पेड्रो गोनकाल्भ्स, आन्द्रे शिल्भा, बर्नार्डो शिल्भा, क्रिस्टियानो रोनाल्डो, डिएगो जोटा, गोन्कालो गुएडेज, जाओ फेलिक्स, राफा शिल्भा

 

Click to comment

Trending