Headline

‘खेलाडीहरु वान टिम, जय नेपाल लेख्छन्, मिडिया खेलाडीको लागि भिड्दैछन्’

Published

on

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टोलीको छनौटलाई लिएर मिडियाले दिएको प्रतिकृयाले आफू निकै निराश भएको बताएका छन् ।

अब्दुल्लाहले मङ्गलवार इराकसँग बासरामा हुन गइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण र बिश्वकप छनोटको बाकीँ रहेका खेलहरुका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका थिए ।

टिमको बिषयमा जानकारी दिनका लागि भएको पत्रकार सम्मेलनमा अलमुताइरीले मिडिया सकारात्मक हुन नसकेको भन्दै लामो समय खर्चिएका थिए ।

“धेरैले अहिले छानेको टिम लिएर खेल्ने हो भने आधा दर्जन गोल खाने कुरा गर्न थालेका छन् । तर कोसँग ? तपाईहरुले कति वटा खेल जित्नु भएको छ (ठूला टिमहरुसँग) ? म तथ्यांकमा गलत छु भने मलाई माफ गर्नु होला तर कतिवटा खेलहरु जित्नु भएको छ र कति वटा अन्तर्राष्ट्रिय उपाधि,” अहिलेसम्म ठूलो टिमहरुबिरुद्ध बिगतमा गरिएका कमजोर प्रदर्शनहरुतर्फ इँगित गर्दै अब्दुल्लाहले भने ।

“हामीले परिवर्तनको थालनी गर्नु पर्छ र त्यसको लागि रिस्क लिन आवश्यक छ । यसको लागि तपाईहरुले (मिडिया) सपोर्ट गर्नु पर्छ, समर्थकहरुले भन्दा पनि । सबै खेलाडीहरुले वान टिम जय नेपाल भन्दै लेखिरहेका छन्, तर यहाँ मिडिया खेलाडीहरुको लागि नै भिडिरहेका छन् । मलाई यो मन परेको छैन । मलाई माफ गर्नुहोला तर तपाईहरुको प्रतिक्रियाले म निकै दुखी छु,” अब्दुल्लाहले थपे ।

“पछिल्लो पटक अष्ट्रेलियासँग ५–० ले हार्दाको नेपाली टोलीको औषत उमेर कति थियो ? ३१ ? अहिलेको औषत उमेर २३ छ । यो टोली अहिले हार्ने हो भने पनि दुई बर्षपछि जित्नेछ । म टिममा नहुँदा नै जित्न सक्छन् । तर म पछि आउने प्रशिक्षकले त्यही नियम अनुशरण गर्दै खेलाउने हो भने उनी च्याम्पियन बन्न सक्छन्,” भावुक हुदै उनले भने ।

अब्दुल्लाहले आफू घाइते खेलाडीहरु लिएर उनीहरुको भविष्य बिगार्ने पक्षमा नरहेको पनि बताएका थिए ।

प्रशिक्षक अब्दुल्लाहको प्रतिकृया भिडियोमा

Click to comment

Trending