Headline

म्यानचेस्टर सिटीका डियासलाई बर्ष फुटबलरको पुरस्कार

Published

on

म्यानचेस्टर सिटी डिफेन्डर रुबेन डियासले बिहिबार फुटबल राइटर्स एशोसिएसनको बर्ष फुटबलरको पुरस्कार जितेका छन् ।

यस क्रममा पोर्चुगिज खेलाडीले टोटेन्ह्याम हट्स्पर कप्तान ह्यारी केन र सिटीकै बेल्जियन प्लेमेकर केभिन डि ब्रुनलाई पछाडी पारेका हुन् । सेप्टेम्बरमा बेन्फिकाबाट इतिहाद स्टेडियम आएयता २४ बर्षिय डायसले पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन दिदै आएका छन् ।

सिटीले फेरि एक पटक लिग कप र इङ्गलिस प्रिमियर लिगको उपाधि जित्नुका साथै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्दा डियासको प्रदर्शन महत्वपूर्ण रहदै आएको छ । पोर्टोमा मे २९ मा हुने फाइनलमा सिटीले अर्को इङ्गलिस टोली चेल्सीको सामना गर्दैछ ।

“यो मेरो लागि ठूलो सम्मान हो । टिमको सफलताले मलाई यो पुरस्कार जित्न मद्दत गरेको हो । मैले यो पुरस्कार जित्नु भनेको टिम वर्क कस्तो हुन्छ भनेर एउटा उदाहरण प्रस्तुत गरेको जस्तै हो,” उनले भने ।

फुटबल लेखकहरुको भोटबाट निर्णय हुने गरेको बार्षिक पुरस्कारमा ९ जना सिटी खेलाडी मिलेर ५० प्रतिशत भन्दा बढी मतदान पाएका थिए । इङ्गलिस फुटबलमा आफ्नो डेब्यु सिजनमै यो पुरस्कार जित्ने डियास मात्र तेश्रो खेलाडी हुन् ।

यस्तै ३२ बर्षअघि लिभपुरका स्टिभ निकोलपछि उपाधि हात पार्ने पनि उनी पहिलो डिफेन्डर हुन् ।

Click to comment

Trending