Headline

सामी खेदिराले लिए फुटबलबाट सन्यास

Published

on

जर्मनीका २०१४ बिश्वकप बिजेता फुटबलर सामी खेदिराले सन्यास घोषणा गरेका छन् । ३४ बर्षिय मिडफिल्डर खेदिराले जर्मन बुन्डेसलिगामा शनिबार हर्था बर्लिनका लागि होफेन्हाइमबिरुद्ध अन्तिम खेल खेल्दै सन्यास लिने बताएका हुन् ।

स्टुटगार्टबाट आफ्नो व्यवसायिक करिअर शुरु गरेका खेदिरा सदस्य रहँदा नै क्लबले २००६–०७ को बुन्डेसलिगा उपाधि जितेको थियो । त्यसपछि उनी रियल म्याड्रिड गए र स्पेनिस ला लिगा समेत च्याम्पियन्स लिगको उपाधि पनि हात पारे ।

२०१५ मा रियल छोड्दै युभेन्टस गएका उनले इटालियन महारथीका लागि लगातार पाँच पटक सिरी आ उपाधि जितेका थिए । तीन महिनाअघि खेदिरा बर्लिन फर्खिएका थिए । हर्थाका लागि ८ खेलमात्र खेल्दै उनले क्लबलाई रेलिगेसनबाट जोगाएका थिए ।

“शनिबारको खेलपछि गुडबाई भन्ने छु । म बिशेष क्षणहरु अनुभव गर्न पाउदा निकै खुशी छ, बिशेषगरि समर्थक, टिममेट, प्रशिक्षक र परिवारसँगै साथीभाइहरुसँग,” उनले भनेका छन् ।

जर्मनीका लागि ७७ अन्तर्राष्ट्रिय खेलेका खेदिराले सात गोल गरेका थिए भने २०१४ को बिश्वकपको उनको सफल करिअरको उच्च बिन्दु पनि रहन पुगेको थियो ।

Click to comment

Trending