अन्तर्राष्ट्रिय

राहुल द्रविड भारतीय क्रिकेट टोलीको प्रशिक्षक 

Published

on

भारतीय क्रिकेट टोलीका पुर्व कप्तान राहुल द्रविड भारतीय टोलीको मुख्य प्रशिक्षक हुने भएका छन् । भारतले जुलाईमा गर्ने भनिएको श्रीलंका भ्रमणका क्रममा भारतीय क्रिकेट बोर्डले द्रविडलाई प्रशिक्षक नियुक्ती गर्न लागेको हो ।

भारतीय क्रिकेट बोर्डले यसको अधिकारिक जानकारी नगराएको भए पनि मुख्य प्रशिक्षक रवी शास्त्रीको अनुपस्थितीका कारण द्रविडलाई प्रशिक्षकको जिम्मेवारी दिन लागिएको क्रिकइन्फोले जनाएको छ ।

भारतीय टोली इंग्ल्यान्डको लर्ड्समा जुन १८ मा आयोजना हुने विश्व टेस्ट च्याम्पियनसिपका लागि उड्दै छ । त्यस्तै त्यस पछि उसले अगष्टबाट इंग्ल्यान्डसँग पाँच खेलको टेस्ट शृंखला पनि खेल्दै छ । कोरोनाका कारण विश्वभर क्वारेन्टिनका कडा नियम लागु भएका कारण भारतले श्रीलंका भ्रमणका लागि छुट्टै टोली बनाउने भएको छ ।

द्रविड अहिले नेसनल क्रिकेट एकेडेमी (एनसीए) को प्रमुख रहेका छन् र उनले यस अघि भारत ए र यु१९ टोली पनि सम्हाली सकेका छन् । द्रविडको प्रशिक्षणमा भारतले सन् २०१८ मा न्युजिल्याण्डमा आयोजना भएको यु१९ विश्वकपको उपाधि जितेको थियो । त्यस्तै अहिले भारतीय टोलीमा रहेका धेरै खेलाडीहरुलाई पनि द्रविडले प्रशिक्षण दिइसकेका छन् । अहिले श्रीलंका भ्रमणमा जाने प्रायजसो खेलाडीहरुसँग पनि द्रविडले काम गरेको अनुभब छ ।

केहि बर्ष पहिले भारतीय क्रिकेट बोर्डले द्रविडलाई भारतीय टोलीको प्रशिक्षक बन्नका लागि गरेको प्रस्ताब उनले अस्विकार गरेका थिए । तर द्रविडले आफु भारतीय टोलीको प्रशिक्षक बन्नु भन्दा युवा खेलाडी उत्पादनमा लाग्ने भन्दै बिसीसीआईको प्रस्ताब नकारेका थिए ।

भारतले श्रीलंका भ्रमणका क्रममा समान ३-३ एकदिवसीय र ट्वान्टी ट्वान्टी खेल खेल्ने छ । एकदिवसीय खेल जुलाई १३, १६ र १९ मा तथा ट्वान्टी ट्वान्टी जुलाई २२, २४ र २७ मा आयोजना हुनेछ ।

Click to comment

Trending