अन्तर्राष्ट्रिय

एसिया कप फेरी पनि स्थगित  

Published

on

गत बर्ष कोरोनाका कारण स्थगित भएको ट्वान्टी ट्वान्टी एसिया कप यस बर्ष पनि स्थगित हुने भएको छ ।

यसै बर्षको सेप्टेम्बरमा श्रीलंकामा आयोजना हुने गरी अघिल्लो बर्षबाट सरेको प्रतियोगिता चारवटा टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशको ब्यस्त खेल तालिकाका कारण प्रतियोगिता अर्को बर्षका लागि सर्ने भएको हो ।

आईपीएल र पिएसएल संचालनमा हुँदा हुँदै खेलाडीहरुमा कोरोना संक्रमण देखिए पछि रोकिएको थियो भने भारत र पाकिस्तान क्रिकेट बोर्डले प्रतियोगिताका बाँकी खेलहरु यसै बर्ष सक्न खोजेको तथा श्रीलंकाले एलपीएल र बंगलादेशले बिपीएल पनि यसै बर्ष आयोजना गर्न खोजेका कारण यस बर्ष एसिया कप गर्न लागेका कारण पनि यस बर्षको प्रतियोगिता स्थगित गर्न लागिएको हो ।

एसिया कप हरेक दुई बर्षमा आयोजना गर्ने एसियन क्रिकेट काउन्सिलको योजना रहेको भए पनि अब सन् २०२२ र २०३३ मा लगातार दुई बर्ष आयोजना हुने भएको छ । अब पाकिस्तानले सन् २०२२ मा तथा श्रीलंकाले सन् २०२३ मा प्रतियोगिता आयोजना गर्नेछ ।

गत बर्ष थाईल्याण्डमा आयोजना भएको एसिया कप छनोटमा नेपाल इस्टर्न रिजनबाट नै बाहिरिए पछि एसिया कप खेल्ने सपना चकानाचुर भएको थियो ।

Click to comment

Trending