Headline

कोरोनाले थालिए पछी मिड्फिल्डरलाई गोलरक्षकको भूमिकामा र बिना सब्स्टिच्युट खेलेको रिभर प्लेट

Published

on

दक्षिण अमेरिकाको च्याम्पियन्स लिग मानिने कोपा लिबेर्टोदोरेजमा वुधबार रिभर प्लेटले ईतिहास रच्यो । कोरोना संक्रमणका कारण धेरै खेलाडी गुमाएको अर्जेन्टाइन क्लब रिभर प्लेटले समुह चरणको आफ्नो खेलमा कोलम्बियन क्लब इन्डिपेन्डेन्टेको सामना गर्दा आफ्नो भेट्रान मिड्फिल्डर एन्जो पिरेजलाई गोलरक्षक खेलाई बिना कुनै सब्स्टिचुट खेल्यो । रिभर प्लेटले २-१ को जित हात पार्न सफल भयो ।

२० भन्दा बढी खेलाडीलाई कोरोनाको संक्रमण र छ भन्दा धेरै खेलाडी चोटले थालिए पछि ठ्याकै ११ जाना बाँकी रहेको रिभर प्लेटले उक्त खेल खेलेरै छोड्यो र बिजयी पनि भयो ।

चार गोलरक्षकलाई कोरोना र चौँथो र पाँचौँ रोजाइका गोलरक्षक मान्य नभए पछि भेट्रान मिड्फिल्डर पिरेजलाई गोलरक्षक बनाई निकै कम अनुभव बटुलेका खेलाडीका साथ उत्रिएको प्लेटका लागि खेलको तेस्रो मिनेटमै फाब्रिजो एल्गेरीले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्को तीन मिनेट पनि नबित्दै प्लेटले अर्को गोल गर्‍यो । यो पटक भने गोल हुलियन अल्भारेजले गरेका थिए ।

पहिलो हाफमै २-० ले अग्रता बनए पनि रिभर प्लेटले त्यस पछि भने निकै दवाब खेपेको थियो । खेलमा २० प्रतिशत मात्रै बल पोजेसन राखेको प्लेटको युवा टोलीले निकै राम्रो खेल देखाएका थिए । दोस्रो हाफको ७६ औँ मिनेटमा गोल खाए पछि अझै दवाबमा आएको प्लेटका लागि गोलरक्षक खेलेका मिड्फिल्डर पिरेजले पाँचँ उत्कृष्ट बचाउ गर्दै म्यान अफ दि म्याच पनि घोषित भएका थिए । पिरेज ह्यामस्ट्रिङ्गको चोटको वावजुद पनि मैदानमा उत्रिएका थिए ।

प्लेटले कोपा लिबेर्टोदोरेजमा ब्रजिलियन क्लब फ्लुमिनेसे विरुद्ध मे २६ मा खेल्दै छ ।  त्यो खेलमा जित हात पारे प्लेट अर्को चरणका लागि छनोट हुने छ । खेलाडीहरुको मेहेनतका कारण प्लेटले निकै मेहेनतका साथ इन्डिपेन्डेन्टेलाई हराएको थियो । रिभर प्लेटले त्यसै कारण ट्विटरमा लेखेको छ,’ ईतिहास रचेका हाम्रा यि ११ नायक’। साँचै नै रिभर प्लेटका लागि त्यी खेलाडीहरु नायक नै हुन् ।

Click to comment

Trending