Headline

पिएसजीले जित्यो फ्रेन्च कपको उपाधि

Published

on

फ्रान्स फुटबलको घरेलु प्रतियोगिता फ्रेन्च कप (कप डि फ्रान्स) को उपाधि पेरिस सेन्ट जर्माइन (पिएसजि) ले जितेको छ । मोनाकोलाई २-० ले हराउँदै डिफेन्डिङ पिएसजीले उपाधि जितेको हो । पिएसजीको यो सात वर्षमा छैठौँ फ्रेन्च कपको उपाधि हो ।

मोनाकोलाई हराउँदा युवा स्टार किलियन एमबाप्पेले आफ्नो पुर्व कल्ब विरुद्ध गोल गर्दा अर्को गोल हने मौरो इकार्डीले गरेका थिए । पिएसजीका लागि पहिलो गोल १९ औँ मिनेटमा इकार्डीले गरेका थिए । पहिलो हाफमा प्रसस्तै मौका बनाए पनि पिएसजी एक गोल मात्रै गर्न सफल भएको थियो ।

दोस्रो हाफमा पनि पिएसजीले मोनाकोको तुलनामा निकै मौकाहरु बनाए पनि एक गोल मात्र गर्न सफल भएको थियो । पिएसजीका लागि यो पटक भने ८१ औँ मिनेटमा एम्बाप्पेले गोल गरेका थिए । उनले एन्जल डि मरियाको पासमा गोल गरेका थिए ।

पिएसजीको यो १४ औँ फ्रेन्च कपको उपाधि हो । पिएसजी १४ पटक फ्रेन्च कप जित्ने पहिलो टोली समेत बनेको हो । यस्तै प्रशिक्षक मोउरुसियो पोचेटिनोको यो फ्रान्समा दोस्रो उपाधि हो ।

 

Click to comment

Trending