अन्तर्राष्ट्रिय

ट्वान्टी ट्वान्टी विश्वकपलाई लक्षित गर्दै वेस्ट इन्डिजले राख्यो अनुभवी खेलाडीलाई टोलीमा 

Published

on

यसै बर्ष अक्टोबर-नोभेम्बरमा आयोजना हुने ट्वान्टी ट्वान्टीको उपाधि चुम्ने लक्ष्य सहित वेस्ट इन्डिज क्रिकेट बोर्डले आफ्ना अनुभवी खेलाडीहरुलाई टोलीमा समावेस गरेको छ ।

वेस्ट इन्डिजले विश्वकप अघि पाकिस्तान, दक्षिण अफ्रिका र अष्ट्रेलियासँग गरेर कुल १५ ट्वान्टी ट्वान्टी खेल खेल्दै छ र त्यसका लागि बोर्डले १८ जना खेलाडीको सुची निकाल्दा आफ्ना अनुभवी खेलाडीहरुलाई पनि समावेस गरेको हो ।

किएरोन पोलार्डको कप्तानीमा रहेको वेस्ट इन्डिज टोलीमा आक्रमक ब्याट्सम्यान क्रिस गेल, अलराउण्डरहरु ड्वायन ब्राभो र आन्द्रे रसेल तथा तिब्र गतिका बलर फिडेल एडवर्ड्सलाई समावेस गरिएको छ । त्यस्तै शेल्डन कोट्रेल, ओशाने थोमस र हेडेन वाल्श जुनियरले पनि आफ्नो स्थान सुरक्षित गर्दा रोवमन पावेलले पनि अन्तिम १८ मा स्थान बनाउन सकेनन् ।

वेस्ट इन्डिज क्रिकेट बोर्डले १८ जना खेलाडीबाट नै प्रत्येक शृंखलाका लागि खेलाडीको छनोट गर्ने जनाएको छ । त्यस्तै उसले तेश्रो पटक ट्वान्टी ट्वान्टी विश्वकप उचाल्ने लक्ष्यका लागि पनि यही १८ बाट नै पुरा गर्ने पनि जनाएको छ ।

वेस्ट इन्डिजले पछिल्लो पटक सन् २०१६ मा भारतमा आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा इंग्ल्यान्डलाई चार विकेटले पराजित गर्दै दोश्रो पटक उपाधी उचालेको थियो । वेस्ट इन्डिजले सन् २०१२ को संस्करणमा श्रीलंकालाई ३६ रनले पराजित गर्दै पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि हात पारेको थियो ।

वेस्ट इन्डिजले आफ्नो पहिलो शृंखला दक्षिण अफ्रिका विरुद्ध जुन २६ बाट सुरु गर्नेछ ।

वेस्ट इन्डिज टोली – किएरोन पोलार्ड (कप्तान), निकोलस पुरन, फ़ाबियन एलेन, क्रिस गेल, ड्वायन ब्राभो, आन्द्रे रसेल, फिडेल एडवर्ड्स, शेल्डन कोट्रेल, ओशाने थोमस, आन्द्रे फ्लेचर, शिम्रोन हेटमायर, जेसन होल्डर, अकेल होसेन, एविन लेविस, ओबेड म्याककोय, लीन्डल सिमोन्स, केविन सिनक्लेर र हेडेन वाल्श जुनियर

Click to comment

Trending