Headline

हत्या अभियोगमा फरार भारतका सबैभन्दा सफल रेस्लरमाथि तोकियो टाउकोको मुल्य

Published

on

भारतीय प्रहरीले हत्या अभियोगमा फरार दुई पटकका ओलम्पिक मेडलिस्ट सुशिल कुमारको टाउकोको मुल्य तोकेको छ ।

मे ४ मा पुर्व रेस्लिङ च्याम्पियनलाई निर्घात कुटपिट गर्दा मृत्यु भएपछि ३७ बर्षिय कुमार फरार रहदै आएका छन् । दिल्ली अदालतले उनका वकिलहरुले मागेको जमानत समेत खारेज गरिदिएको छ ।

प्रहरीले दिल्लीमा कुमारको खोजीमा बिभिन्न ठाँउमा छापा मार्ने अभियान शुरु गर्दै उनलाई खोजेर ल्याउनेलाई एक लाख भारतीय रुपैया पुरस्कार समेत दिने घोषणा गरेको छ ।

२०१२ को लण्डन ओलम्पिक्समा रजत पदक जित्नु अघि कुमारले २००८ को बेइजिङ ओलम्पिक्समा पनि कास्य पदक जितेका थिए । भारतीय कुस्ती इतिहासकै सफल खेलाडी कुमार आफ्नो बिधाका बिश्व च्याम्पियन पनि हुन् भने कमनवेल्थ गेम्समा स्वर्ण पदक समेत जित्न सफल भएका थिए ।

प्रहरीका अुनसार पुर्व जुनियर राष्ट्रिय च्याम्पियन सागर धाँकड नयाँ दिल्लीको छत्रसल स्टेडियममा प्रतिद्वन्दी रेस्लरहरुबीचको झडपमा मारिदा कुमार पनि संलग्न थिए । “हामीले सबै पिडितहरुको बयान लिँदा सबैले कुमारमाथि नै आरोप लगाएका छन्,” एक बरिष्ठ प्रहरी अधिकारीले भारतीय मिडियालाई बताएका छन् ।

कुमारका वकिलहरु अग्रिम जमानतको माग गर्दै मँगलवार अदालत गएका थिए तर आरोपको गम्भिर्यतालाई लिएर खारेज गरिएको थियो ।

दिल्लीकै एक प्रहरी अधिकारीका छोरा धाँकडको कुटपिट भएको एक दिनपछि ज्यान गएको थियो । अर्का रेस्लरको उपचार भइरहेको र उनले आक्रमकण गर्नेहरुको पहिचान गरेको दिल्ली प्रहरीले बताएको छ ।

भारतमा रेस्लिङलाई समयदेखि गुण्डागर्दीसँग जोडिदै गरेपछि पछिल्ला केही बर्ष बिश्वव्यापी प्रतियोगिताहरुमा प्राप्त सफलताका कारण खेलको छविमा सकारात्मक परिवर्तन हुँदै आएको थियो । तर अहिले भने केही महिनाको अवधिमै नयाँ छविमा दाग लाग्न शुरु भएको भारतीय कुस्ती संघका पदाधिकारीहरु मान्छन् ।

फेब्रुवरीमा पाँच जनाको हत्या गरेको अभियोगमा प्रशिक्षक सुख्बीन्दर मोरपनि सुनुवाई कुरिरहेका छन् । हत्या हुनेमा उनका प्रतिद्वन्दी प्रशिक्षक पनि रहेका थिए ।

Click to comment

Trending