Headline

विश्वकप छनोट र इराक विरुद्धको खेलका लागि राष्ट्रिय टोलीको घोषणा

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले नेपालले खेल्न बाँकी तीन विश्वकप छनोटका खेल र इराक विरुद्धको मैत्रिपूर्ण खेलका लागि २३ सदस्य राष्ट्रिय टोलीको घोषणा गरेका छन् ।

नेपालले मे २९ मा इराकसँग बर्सा रङ्गशालामा मैत्रिपूर्ण खेल खेल्दै छ । त्यस पछि त्यहीबाट विश्वकप छनोटका खेल खेल्न कुवेत लाग्ने छ । कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

अब्दुल्लाले अन्तिम टोलीबाट भरत खवास, रन्जित धिमाल, अमित तमाङ, सेसेहाङ आङ्दाम्बे, रवी पासवान, निशान खड्का, बिबेक बस्नेत, नितिन थापा र दर्शन गुरुङलाई टोलीबाट निकालेका छन् ।

कमल थापा, मनिष डाँगी, आयुष घलान, गौतम श्रेष्ठ, सुरज जिउ ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । सम्भवत यो नेपालले पाएको सबै भन्दा कम उमेरको राष्ट्रिय टोली हो ।

यस्तो छ नेपाली टोली

गोलरक्षक: किरण कुमार लिम्बु, बिशाल सुनार, दिप कार्की

डिफेन्डर: अनन्त तमाङ, गौताम श्रेष्ठ, सुमन अर्याल, बिकास खवास, रोहित चन्द, दिनेश राजवंशी

मिड्फिल्डर: विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान, कमल थापा

फरवार्ड : नवयुग श्रेष्ठ, आशिष लामा, सुनिल बल, अभिषेक रिजाल

Click to comment

Trending