Headline

टोटनह्याम छोड्ने संघारमा ह्यारी केन

Published

on

इङ्ल्याण्डका स्टर फर्वार्ड ह्यारी केनले सिजनको अन्त्यमा टोटनह्याम छोड्ने क्लबलाई जानकारी दिएका छन् । केनले टोटनह्याम छोडे पनि उनी इङ्ल्याण्डमै खेल्ने चाहना रहेको बेलायती संचार माध्यामहरुले लेखेका छन् ।

टोटनह्यामले केनको स्थानतरणमा अन्य खेलाडी पनि हेर्न थालिसकेको छ । टोटनह्यामले एक फर्वार्ड सहित लेस्टर सिटीका बेल्जियम मिड्फिल्डर यूरी टेलेस्मानलाई क्लब भित्र्याउन प्रयास गरिरहेको छ ।

होजे मोउरिन्होको कार्यकालमा निकै उत्कृष्ट प्रदर्शन गरेका केन टोटनह्यामले मोउरिन्होलाई बर्खास्त गरे पछि रुष्ट भएका थिए । केनले टोटन्ह्यामका लागि ३३४ खेलमा २०२० गोल गरिसकेका छन् । उनी यस सिजन पनि गोल र एस्सिटको तथ्यांकमा रोबर्ट लेवानडस्की र लियोनल मेस्सी भन्दा थोरै गोल मात्र पछाडि छन् ।

केनले २०२०-२०२१ को सिजन २२ गोल १३ एसिस्ट दिसकेका छन् । केनले टोटनह्यामसँग २०२४ सम्मका लागि सम्झौता गरेका थिए तर क्लबसँग चिसिदै गरिरहेको सम्बन्धका कारण उनी यही सिजनको अन्त्यमा क्लब छोड्न चाहन्छन् ।

उनलाई म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले आँखा लगाएका छन् । सिटी र चेल्सी सेन्टर फर्वार्डको खोजीमा रहदा रोमेलु लुकाकु र एर्लिङ हलान्डलाई आफ्नो लक्ष्य मानेका थिए तर अब भने केन पनि उनीहरुको रोजाइमा परेका छन् । युनाइटेड पनि ड्यानी इङ्सलाई क्लब भित्र्याउन इक्षुक रहेको अवस्थामा अब भने केनलाई पनि ताक्ने छ ।

केनको बजार मुल्य एक सय मिलियन युरो रहे पनि सम्झौताको अनुसार जुन क्लबले राम्रो बजार मुल्य र तलब दिन्छ केन त्यतै जाने छन् ।

Click to comment

Trending