Euro 2020

युरो २०२० का लागि हाजार्ड बेल्जियम टोलीमा 

Published

on

बेल्जियमले अर्को महिना सुरु हुने युरो २०२० को लागि आफ्नो टोलीको नाम सार्वजनिक गरेको छ । हाजार्ड रियल म्याड्रिडमा बारम्बार चोटका कारण मैदान बाहिर रहेको भए पनि रोबर्टो मार्टिनेजले युरोपियन च्याम्पियनसिपका लागि बेल्जियमको राष्ट्रिय टोलीमा उनलाई स्थान दिएका हुन् ।

सन् २०१९ को जुनमा इङ्ग्लिस प्रिमियर लिग क्लब चेल्सीबाट एक सय मिलियन  युरोमा रियल पुगेका हाजार्ड लामो समय चोटबाट जुध्दै आएका छन् । ३० बर्षिय हाजार्ड हालै मात्र माम्सपेसीको चोटबाट मुक्त भएर मैदानमा आएका हुन् । उनले यस सिजन रियलका लागि २१ खेल मात्र खेलेका छन् भने चार गोल र एक असिस्ट मात्र गर्न सफल भएका छन् ।

हाजार्डको हालको प्रदर्शनका आधारमा भन्दा पनि मार्टिनेजले उनको समग्र प्रदर्शनका लागि टोलीमा स्थान दिएका हुन् । आफ्नो देशको लागि १०६ क्याप जितेका हाजार्डले ३२ गोल गरेका छन् । सन् २०१८ मा सम्पन्न विश्वकपमा उनको प्रदर्शन निकै उत्कृस्ट रहेको थियो ।

बेल्जियमले आज सार्वजनिक गरेको २६ सदस्यिय टोलीमा तीन जना गोलकिपर, पाँच जना डिफेन्डर, ११ जना मिडफिल्डर र सात जना फरवार्ड रहेका छन् ।

समुह ‘बि’ मा रहेको बेल्जियमले युरोको आफ्नो पहिलो खेल जुन १२ मा रसिया विरुद्ध खेल्ने छ । त्यस्तै उसले जुन १७ मा डेनमार्कको तथा जुन २१ मा फिनल्याण्डको सामना गर्नेछ ।

Click to comment

Trending