Headline

पिएसजी बिजयी भएसँगै लिग वानको उपाधि होड रोमाञ्चक

Published

on

रेइम्समाथि ४–० गोलको जित निकाल्दै पेरिस सेन्ट जर्माइन (पिएसजी) ले आफ्नो उपाधि सम्भावना जिवितै राखेको छ ।

पिएसजीका लागि नेमार, किलियन एम्बाप्पे, मार्किन्होस र मोइसे किनले समान एक–एक गोल गरे ।

खेलको दसौँ मिनेटमै युनिस अब्देल्हमिदले रातो कार्ड पाएपछि रेइम्स दस खेलाडीमा सीमित बनेको थियो । त्यस पछि १३ औँ मिनेटमा नेमारले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । पिएसजीका लागि दोस्रो गोल २४ औँ मिनेटमा एम्बाप्पेले गोल गरेका थिए ।

पहिलो हाफमा २-० ले अगाडी रहेको पिएसजीले दोस्रो हाफमा दुई गोल गर्‍यो । ६८ औँ मिनेटमा मार्किन्होसले टोलीका लागि तेस्रो गोल गरे र चौँथो गोल भने केनले ८९ औँ मिनेटमा गरेका थिए ।

दोस्रो स्थानको पिएसजीले ३७ खेलमा ७९ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको लिलेको ८० अङ्क छ । फ्रेन्च लिग वानमा एक खेल मात्र बाँकी रहेको स्थितीमा अब अन्तिम खेलमा लिले एङ्रिससँग पराजित अथवा बराबरी खेलेमा पिएसजी च्याम्पियन बन्ने छ ।

Click to comment

Trending