Headline

गोलरक्षक बेकरको इन्जुरी समयको गोलमा लिभरपुल बिजयी

Published

on

९० मिनेट पछि थपिएको पाँचँ मिनेटको इन्जुरी समयको अन्तिम सेकेन्डमा गोलरक्षक एलिसन बेकरले गोल गरे पछि लिभरपुलले वेष्ट ब्रोमलाई २-१ हराएको छ ।

प्रिमियर लिगमा शिर्ष चारको आश जिवितै राख्नका लागि जित्नै पर्ने दवाबमा रहेको लिभरपुललाई बेकरको गोलले राहत दिएको छ ।

वेष्ट ब्रोमले खेलको पहिलो हाफमा हाल रब्सन कानुको गोलमा १-० अग्रता लिन सफल थियो । कानुले १५ औँ मिनेटमा माथिउस परेराको पासमा गोल गरेका थिए । तर, पहिलो हाफकै ३३ औँ मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए ।

पहिलो हाफ १-१ को बराबरीमा सकँदा दोस्रो हाफमा दुवै टोलीले गोलको भरपुर प्रयास गरेका थिए । शिर्ष चारको आश जिवितै राख्नका लागि जित्नै पर्ने खेलको अन्तिम समयमा लिभरपुलले कर्नर पाएको थियो ।

अन्तिम समयमा कर्नर पाए पछि एलिसन आफ्नो गोलपोस्ट छोडेर गोल गर्न बिपक्षीको पेनाल्टी पेनाल्टी क्षेत्रमा पुगेका थिए । ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको कर्नरलाई अनमार्क रहेका एलिसनले गोल गर्दै लिभरपुललाई उत्कृष्ट जित दिलाए । एलिसन प्रिमियर लिगमा गोल गर्ने छैठौँ गोलरक्षक समेत हुन् ।

चौथो स्थानको चेल्सीको ६४ र तेस्रो स्थानको लेस्टरको ६६ अंक रहदा लिभरपुलको ६३ अंक छ । चेल्सी र लेस्टरले अर्को साता एक अर्काको सामना गर्दैछन् । लेस्टरले चेल्सीलाई हराए वा बराबरीमा रोके मा लिभरपुल शिर्ष चारमा रहदै अर्को वर्षको च्याम्पियन्स लिग खेल्ने छ ।

Click to comment

Trending