Headline

ला लिगामा एकै दिन १० खेल, एट्लेटिको, रियल र बार्सिलोना दवाबमा

Published

on

स्पेनिस ला लिगामा आईतबारबाट ३७ चरणका खेलहरु हुँदै छन् । ला लिगामा आईतबार १० वटा खेल हुँदा सबै फुटबल समर्थकको नजर भने एट्लेटिको म्याड्रिड, रियल म्याड्रिड र बार्सिलोनामा रहने छ ।

शिर्ष स्थानमा रहेको एट्लेटिकोले वान्डा मेट्रोपोलिटानोमा ओसासुनासँग खेल्दै छ । डिएगो सिमिओनेले यो खेलमा एट्लेटिकोलाई तीन अंक दिलाउन सकेन दोस्रो स्थानको रियल म्याड्रिडलाई खेल जित्नै पर्ने दवाब हुने छ ।

रियल मड्रिडले एथ्लेटिक क्लबसँग अवे खेल खेल्दै छ । चोटले ग्रस्त रियल म्याड्रिडका लागि उपाधि होडमा कायम रहन यो खेलमा महत्वपूर्ण छ । सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरिसकेका जिनेदिन जिदानका लागि पनि यो सिजन उपाधिको रक्षा गर्नु पर्ने दवाब छ ।

त्यसैगरी, बार्सिलोनाले क्याप नेउमा सेल्टा भिगोसँग खेल्दै छ । उपाधि होडबाट लगभग बहिरिसकेको बार्सिलोनालाई अब गुमाउनु केही छैन । एट्लेटिको र रियल बाँकी रहेका दुवै खेलमा पराजित भएको खण्डमा बार्सिलोनाले ला लिगाको उपाधि जित्ने सम्भावना छ ।

ला लिगामा शीर्ष स्थानको एथ्लेटिकोको ८० अंक छ भने दोस्रो स्थानमा रहेका रियलको ७८ तथा तेस्रो स्थानको बार्सिलोनाको ७६ अंक छ । आईतबार हुने खेलमा यि शिर्ष तीन टोलीले बराबरी वा पराजित भए उपाधि गुमाउने सम्भावना बलियो छ ।

ला लिगाका आज हुने १० वटै खेल नेपाली समय अनुसार १०:१५ मा सुरु हुने छ ।

Click to comment

Trending