Headline

चेल्सीलाई पराजित गर्दै लेस्टर सिटीले जित्यो पहिलो पटक एफए कपको उपाधि

Published

on

योउरी टेलेन्समानको विश्वस्तरिय गोलमा लेस्टर सिटीले चेल्सीलाई १-० ले पराजित गर्दै एफए कपको उपाधि जितेको छ । लेस्टरको यो एतिहासिक सफलता हो ।

पहिलो हाफमा दुवै टोलीको बाट कुनै राम्रो मुभहरु नबने पनि दोस्रो हाफमा भने निकै मौकाहरु बने । पहिलो हाफमा चेल्सीले बल पोजेसन राखे पनि आक्रमण भने गर्न सकेको थिएन । दोस्रो हाफमा भने चेल्सी आशा लाग्दो मुभहरु बनाउन सकेन ।

६३ मिनेटमा भन्ने योरी टेलेन्समानले उत्कृष्ट गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । उनले करीब ३५ यार्डबाट गरेको प्रहारलाई बचाउन चेल्सीका गोलरक्षक केपा अरिजबलागाले कुनै मौका नै पाएनन् ।

एक गोलले पछि परेको स्थितीमा लगतार अकरमन गरेको चेल्सीले ९० औँ मिनेटमा गोल गरे पनि उक्त गोललाई भिडियो एसिस्टेन्ट रेफ्रीले अफसाइड दिएका थिए ।

चेल्सीको यो फाइनलमा लगतार दुई पराजय हो । अघिल्लो सिजन आर्सनलसँग पराजित भएको चेल्सी यो पटक लेस्टरसँग पराजित भएको हो । लेस्टरले पनि आफ्नो ईतिहासमा ४ पटक फाइनल खेल्दा उपाधि उचाल्न सकेको थिएन । लेस्टरको यो २०१५-२०१६ मा प्रिमियर लिग जिते पछि को सबै भन्दा ठुलो उपाधि हो ।

Click to comment

Trending