Headline

को भए नेपाल सुपर लिगमा विधाका उत्कृष्ट खेलाडीहरु ?

Published

on

काठामाडौं रेजर्सले नेपाल सुपर लिगको उपाधि जितेको छ । शनिबारको रोमञ्चक खेलमा काठमाडौंले धनगढी एफसीलाई १–० ले पराजित गरेको थियो । पहिलो पटक भएको नेपाल सुपर लिगमाको विधाका उत्कृष्ट खेलाडी को भए ?

एमेर्जिङ प्लेयर- विश्वास श्रेष्ठ, डिफेन्डर (काठमाडौँ रेजर्स)

प्रतियोगिताको सुरुवातमा स्ट्राइकरका भूमिका निभएका विश्वास श्रेष्ठलाई प्रशिक्षक बालगोपल महर्जनले लेफ्ट ब्याकबाट खेलाएका थिए । उनले त्यस पछी उत्कृष्ट प्रदर्शन गरेका विश्वासले पछाडि फर्केर हेर्नु परेन । फाइनलमा पनि एक एस्सिस्ट दिएका थिए । उनले ४० हजर रुपैया समेत पाए ।

उत्कृष्ट प्रशिक्षक- बालगोपाल महर्जन, (काठमाडौँ रेजर्स)

नेपाल सुपर लिगको पहिलो बिजेता बनाएका बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक चुनिए । उनले लिग र प्लेअफमा धनगढीसँग पराजित भए पनि काठमाडौँलाई फाइनलमा बिजयी बनाए ।

उत्कृष्ट गोलरक्षक- किरण कुमार लिम्बु, (धनगढी एफसी)

नेपाल सुपर लिगको उत्कृष्ट गोलरक्षकको उपाधि किरण चेम्जोङले हात पारे । उनले प्रतियोगितामा धनगढीका लागि उत्कृष्ट बचाउहरु गरेका थिए । उनले १ लाख रुपैया पुरस्कार समेत पाए ।

उत्कृष्ट डिफेन्डर- दिनेश राजवंशी, (धनगढी एफसी)

नेपाल सुपर लिगको उत्कृष्ट डिफेन्डर धनगढी एफसीका दिनेश राजवंशी भए । उनले प्रतियोगिता भरी धनगढी एफसीको रक्षापङ्तीमा राम्रो प्रदर्शन गरे । दिनेश राजवंशीले एक लाख रुपैया हात पारे ।

उत्कृष्ट मिड्फिल्डर- मेसुके ओलोमेउ, (काठमाडौँ रेजर्स)

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सर्वधिक गोलकर्ता भएका काठमाडौँका मेसुके ओलोमेउ उत्कृष्ट मिड्फिल्डर भए । उनले प्रतियोगितामा आठ गोल गरेका थिए । मेसुकेले फर्वार्डका रुपमा नेपाल सुपर लिग खेले पनि उनको नाम मिड्फिल्डरको भूमिकामा दर्ता भएका कारण उनलाई उत्कृष्ट मिड्फिल्डरको उपाधि दिइएको हो ।

उत्कृष्ट फर्वार्ड- अन्जन बिष्ट, (ललितपुर सिटी एफसी)

लगातार तीन खेलमा खेलमा ललितपुर सिटी एफसीले जित निकाल्न नसके पछि प्रशिक्षक बर्खास्त गरेको थियो । त्यस पछि भने ललितपुरले दुई खेलमा ५ गोल गर्‍यो र ५ गोल मद्धे ३ गोल गरेका अन्जन बिष्ट उत्कृष्ट फर्वार्ड चुनिए । उनले एक लाख रुपैया हात पारे ।

Click to comment

Trending