Headline

काठमाडौं रेजर्स नेपाल सुपर लिग च्याम्पियन

Published

on

काठामाडौं रेजर्सले नेपाल सुपर लिगको उपाधि जितेको छ । शनिबारको रोमञ्चक खेलमा काठमाडौंले धनगढी एफसीलाई १–० ले पराजित गर्यो ।

दशरश रँगशालामा भएको फाइनलमा मेसुकेले आफूलाई नेपाली घरेलु फुटबलको राजाको रुपमा सावित गर्दै काठमाडौंलाई पहिलो संस्करणको उपाधि दिलाए ।

यो यस्तो फाइनल थियो जहाँ काठमाडौंले आफूलाई लामो बिश्रामपछि आएको धनगढीलाई हराएको थियो । यसअघिको दुवै खेलमा धनगढीले काठमाडौंलाई पराजित गरेको थियो ।

तर फाइनलमा काठमाडौडले बाजी मार्यो । मेसुकेले २१ औं मिनेटमा गरेको गोलले पहिलो संस्करणको नेपाल सुपर लिगको च्याम्पियनको निर्धारण गरेको थियो ।

धनगढीले पहिलो हाफमा गोल खाएको दोश्रो खेलमा गोल खाएको थियो । यसअघि धनगढीले पहिलो हाफमा गोल खाएको खेलमा बिराटनगर सिटी एफसीसँग पराजय व्यहोरेको थियो भने बुटवल लुम्बिनीसँग १–० सँगको हार उसको अन्य दुई पराजय थियो ।

लिग चरणमा काठमाडौंले धनगढीसँग ३–० को पराजय व्यहोरेको थियो भने पहिलो क्वालिफायरमा २–१ ले हारेको थियो ।

शनिबार भने काठमाडौं गोलकिपर बिकेश कुथुले पञ्च गर्दै बाहिर पठाउनु परेको हेडर बाहेक अन्य कुनै पनि समय संकटमा देखिएको थिएन ।

२१ औं मिनेटमा बिश्वास श्रेष्ठले दिएको पासमा मेसुकेले राम्रो प्लेसमेन्ट गर्दै धनगढी गोलकिपर किरण चेम्जोङलाई बिट गरेका थिए । मेसुकेले प्रतियोगितामा सर्वाधिक गोलकर्ताको रुपमा सक्काएका थिए । बिराटनगर सिटी एफसीबिरुद्ध उनले ह्याट्रिक गरेका थिए ।

धनगढीकै ओलावाले ओलादिपो अफिज चार गोलसहित दोश्रो स्थानमा रहे । मेसुकेले नै ४६ औं मिनेटमा गोल गर्ने अवसर गुमाएका थिए । बक्सभित्र पाएको बलमा उनले निकै बाहिर प्रहार गरेका थिए ।

धनगढीले खेलमा कुनै पनि उल्लेखनीय मौका बनाएको थिएन । ६५ औं मिनेटमा काउन्टर अट्याकमा बनेको मुभमा स्टेफन समिरको प्रहार किरण चेम्जोङले बचएका थिए । धनगढीले खेलको अन्त्यमा केही मौकाहरुमा पनि गुमाएको थियो ।

उपाधिसँगै काठमाडौंले ३५ लाख नगद पुरस्कार पनि प्राप्त गर्यो ।

Click to comment

Trending