Headline

नेपाल सुपर लिग फाइनलः धनगढीबिरुद्ध काठमाडौंलाई अग्रता

Published

on

काठमाडौ रेजर्संले नेपालर सुपर लिग अन्तर्गतको फाइनलमा धनगढी एफसीबिरुद्ध पहिलो हाफमा १–० अग्रता लिएको छ ।

२१ औं मिनेटमा मेसुकेको गोलमार्फत काठमाडौंले अग्रता लिएको थिायो । बिश्वास श्रेष्ठले दिएको पासमा मेसुकेले राम्रो प्लेसमेन्ट गर्दै धनगढी गोलकिपर किरण चेम्जोङलाई बिट गरेका थिए ।

मेसेकेको प्रतियोगितामा यो आठौ गोल हो । उनी प्रतियोगितामा सबैभ्न्दा बढी गोल गर्ने खेलाडीहरुको सुचीमा अग्रपंक्तिमा रहेका छन् । उनको ८ गोल रहेको छ भने दोश्रो स्थानमा रहेका धनगढीकै ओलावाले ओलादिपो अफिजतको ४ गोल रहेको छ ।

मेसुकेले नै ४६ औं मिनेटमा गोल गर्ने अवसर गुमाएका थिए । बक्सभित्र पाएको बलमा उनले निकै बाहिर प्रहार गरेका थिए ।

धनगढीले खेलमा कुनै पनि उल्लेखनीय मौका बनाएको छैन । काठमाडौं फाइनलमा प्रवेश गर्ने क्रममा ललितपुर सिटी एफसीलाई ३–० ले पराजित गरेको हो । यसअघि काठमाडौंले लिग चरणमा धनगढीसँग ३–० ले पराजित भएको थियो भने पहिलो क्वालिफायरमा २–१ ले पराजित भएको थियो ।

Click to comment

Trending