Headline

नेपाल सुपर लिग फाइनल: धनगढी विरुद्ध काठमाडौँ

Published

on

धनगढी एफसी र काठमाडौं रेजर्स मङ्गलवार नेपाल सुपर लिगको फाइनलमा शनिबार भिड्दै छन् ।

बालगोपाल महर्जनको काठमाडौं रेजर्सले लिग चरणमा धनगढीसँग ३–० र प्लेअफमा २-१ ले हारेको थियो । फाइनल सम्म तेस्रो पटक भिड्दा काठमाडौँको लक्ष्य उपाधि रहेको महर्जन बताउछन् ।

“हामी धनगढी सँग दुई पटक पराजित भएका छौँ त्यस्को मतलब यो हैन कि हामी फाइनलमा हाम्रो उत्कृष्ट प्रदर्शन दिदैनौँ । हाम्रो खेलाडीहरु खेल्न तयार छन् । छोटो समयमै फाइनल खेल्दा केही गार्हो छ नै तर हामी फाइनलका लागि तयार छौँ।” महर्जनले भने ।

धनगढीका प्रशिक्षक फुजा तोपे भने काठमाडौँलाई कमजोर नठान्ने बताउँछन् । “हामीले काठमाडौँसँग खेलिसकेका छौँ र हराएको पनि छौँ तर त्यस्को मतलब यो हैन कि हामी उनीहरुलाई कमजोर आक्ने छौँ । हामी हाम्रो सक्दो मेहेनतका साथ मैदानमा उत्रिने छौँ त्यो पनि ट्रफी उचाल्ने लक्ष्य सहित ।” उनले भने ।

काठमाडौँका लागि विदेशी खेलाडीको खेलले निकै फरक पार्ने छ । काठमाडौँका लागि मेसुकेले लेफ्ट विङ्गमा उत्कृष्ट प्रदर्शन दिदै आएका छन् । उनी ७ गोल सहित प्रतियोगिताका सर्वधिक गोलकर्ता समेत हुन् ।

धनगढीको उत्कृष्ट मानिएको डिफेन्सको फाइनलका परीक्षा हुने छ । फाइनलमा अर्को रोमान्चक भिडन्त नेपालका नम्बर १ किरण चेम्जोङ र काठमाडौंका लागि नेपाल नम्बर २ बिकेश कुथु बिच हुने छ । दुवै गोलकिपरले प्रतियोगितामा एक–एक पेनाल्टी बचाइसकेका छन् ।

धनगढीका लागि बिदेशी खेलाडी ओलावाले ओलादिपोको प्रदर्शन उच्च रहदै आएको छ । ओलावाले धनगढीका लागि ४ गोल गरिसकेका छन् ।

खेल नेपाली समय अनुसार ५:३० बजे देखी दशरथ रङ्गशालामा हुँदै छ ।

प्रतियोगिताको विजेता टोलीले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १५ लाख प्राप्त गर्नेछ । यस्तै व्यक्तिगत विधातर्फ सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्

Click to comment

Trending