Headline

नेमारको कप्तानीमा ब्राजिली टोलीको घोषणा

Published

on

पाँच पटकको विश्वकप बिजेता ब्राजिलले कतार विश्वकप २०२२ को छनोटका लागि नेमार जुनियरको कप्तानीमा २४ सदस्यीय टोली घोषणा गरेको छ । दक्षिण अमेरिकी छनोटमा जुनमा पारग्वे र इक्वेडरसँग खेल्दै गरेको ब्राजिलले आफ्नो टोली घोषणा गरेको हो ।

दक्षिण अमेरिकी छनोटमा शिर्ष स्थानमा रहेको ब्राजिलले जनवरीमा भएको खेलमा भेनेजुएलालाई १–० ले तथा तेस्रो खेलमा उरुग्वेलाई २–० ले पराजित गरेको थियो ।

त्यसपछि मार्चको लागि तय भएको छनोटका दुई खेल कोरोना भाईरसका कारण स्थगित हुन पुगेको थियो । मार्चमा ब्राजिलले कोलम्विया र अर्जेन्टिनासँग खेल्ने तालिका थियो ।

ब्राजिल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक टिटेले रियल म्याड्रिडका मार्सेलोलाई भने टोलीमा बोलाएका छैनन् । म्यानचेस्टर युनाइटेडका फ्रेडले भने लामो समय पछि टोलीमा पुनरागमन गरेका छन् ।

गोलकिपर – एलिसन बेकर (लिभरपुल), वेभर्टन (पाल्मेरिस), इडर्सन मोराएस (म्यानचेस्टर सिटी)

डिफेन्डर – ड्यानी आल्भेस (साओ पाउलो), थियागो सिल्भा (चेल्सी), इडर मिलिटाओ (रियल म्याड्रिड), मार्किनोस (पीएसजी), भेरिससिमो (साओ पाउलो),डानिलो (युभेन्टस), एलेक्स सान्द्रो (युभेन्टस), रेनान लोडी (एट्लेटिको म्याड्रिड),

मिडफिल्डर – क्यासमिरो (रियल म्यड्रिड), फ्रेड (म्यानचेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), एभर्टन रिवेइरो (फ्लमेन्ङो), पाक्वेटा (लियोन), डुग्लस लुइज (एस्टन भिल्ला)

फरवार्ड – रोबर्टाे फिर्मिनो (लिभरपुल), गाब्रियल बरवोसा (फ्लमेन्ङो), भिनिसियस जुनियर (रियल म्याड्रिड), रिचार्लीसन (एभर्टन), एभर्टन (बेन्फिका), गाब्रियल जेसस (म्यानचेस्टर सिटी), नेयमार (पीएसजी) (कप्तान)

Click to comment

Trending