Headline

एफए कप फाइनलमा लेस्टरको सामना गर्दै चेल्सी

Published

on

इङ्लिस फुटबलको सबै भन्दा पुरानो प्रतियोगिता एफए कपको १४० औँ फाइनलमा शनीबार लेस्टर सिटी र चेल्सी भिड्दै छन् ।

चेल्सीको यो १५ औँ एफए कपको फाइनल हुने छ । लेस्टरको भने ५२ वर्ष पछी पहिलो पटक एफए कपको फाइनलमा पुगेको हो । अन्तिम पटक लेस्टरले १९६९ मा एफए कपको फाइनल खेलेको थियो ।

इङ्लिस फुटबलको गरिमामय उपाधिको रुपमा लिइने एफए कप चेल्सीले आठ पटक जितेको छ । लेस्टरले एफए कपको उपाधि भने जित्न सकेको छैन ।
२०१५/२०१६ को सिजन प्रिमियर लिग जिते यता लेस्टरले कुनै उपाधि चुमेको छैन ।

त्यसै कारण क्लबका प्रशिक्षक ब्रेन्डन रोजर्स टोलीलाई उपाधि आवश्यक भएको बताउँछन् । “हामीले धेरै मेहेनत गरेका छौँ, खेलाडीहरु निकै उत्साहित छन् अझै मेरो र लेस्टरका खेलाडीहरुको करीयरका लागि यो उपाधि निकै महत्वपूर्ण छ,” रोजर्सले भने ।

चेल्सीका प्रशिक्षक थोमस टुचेल भने प्रिमियर लिग सिजन सकिनु अघी नै फाइनल भएका कारण खेलाडीहरुलाई बिश्राम समय कम हुने भन्दै रिसाएका थिए । ” लिगका खेलहरु बाँकी नै छ सिजन सकिन पनि समय छ तर एफए कपको फाइनल यती छिट्टै भएका कारण थोरै रिसाएको पनि छु तर खेलाडी र हाम्रो क्लबले मेहेनत गरे अनुसारको नतिजा निस्किने छ,” टुचेलले भने ।

अन्तिम पटक सिजन नसकीँदै २०१२/२०१३ मा एफए कपको फाइनल गरिएको थियो । जहाँ ‘अन्डरडग’ मानिएको विगान एथ्लेटिकले म्यानचेस्टर सिटीलाई हराउँदै उपाधि उचालेको थियो ।

चेल्सी विरुद्ध लेस्टर सिटीको फाइनल खेल नेपाली समय अनुसार राती १०:१५ मा सुरु हुने छ ।

Click to comment

Trending