Headline

टोरेसको ह्याट्रिकमा सिटीको सनसनीपूर्ण जित

Published

on

फेरान टोरेसले ह्याट्रिक पुरा गरेपछि इङ्गलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी दुई पटक पछि परेको स्थितिलाई उल्टाउदै न्युकासल युनाइटेडलाई ४–३ ले पराजित गर्न सफल भएको छ ।

चार सिजनमा तेश्रो उपाधि पक्का गरिसकेको सिटीको जितमा टोरेसको ह्याट्रिक र यस क्रममा उनको ब्याक हिल फिनिसिङ्ग प्रमुख हाइलाइट रह्यो ।

झण्डै एक दशकमा पहिलो इङ्गलिस शिर्ष श्रेणीको खेल दिदै पेप ग्वार्डियोलाले स्कट कार्सनलाई गोलपोस्टको जिम्मेवारी दिएको खेलमा सिटी आधा घण्टा नबित्दै एमिल क्राफ्तको गोलले पछि परेको थियो ।

जाओ क्यान्सेलोले ३९ औं मिनेटमा बराबरी गोल गरेको केही मिनेटमै इके गुन्डोगानको क्रसमा टोरेसले सिटीलाई अग्रता दिलाएका थिए । तर इन्जुरी समयमा जोलिन्टनले गोल गरेपछि पहिलो हाफ २–२ गोलको बराबरीमा सक्किएको थियो ।

जो विलोकले ६२ औं मिनेटमा प्रहार गरेको पेनाल्टी कार्सनले बचाएपछि रिबाउण्डमा गोल गर्दै न्युकासललाई एक पटक फेरि अग्रता दिलाउदा सिटी खेलमा पुन पछि परेको थियो । तर टोरेसले त्यसको चार मिनेटको अन्तरलामा दुई गोल गर्दै सिटीलाई सनसनीपूर्ण जित दिलाएका थिए ।

ग्वार्डियोलाले यो सिजन लगातार १२ औं अवे खेलमा जित हात पारेका हुन् । सिटी लगातार २३ अवे खेलमा अपराजित रहदै आएको छ ।

Click to comment

Trending