Euro 2020

फ्रेञ्च डिफेन्डर लापोर्टे स्पेनका लागि युरो कप खेल्ने

Published

on

म्यानचेस्टर सिटीका फ्रेञ्च डिफेन्डर आयमेरिक लापोर्टेले फिफाबाट स्पेनको लागि युरो कप खेल्न पाउने अनुमति पाएका छन् ।

८ बर्ष एथ्लेटिक बिल्बाओमा बिताएका २६ बर्षिय रक्षकले यसै साता स्पेनको नागरिकता पाएका थिए । फ्रान्सको एजेनमा जन्मिएका लापार्टेलाई तीन पटक राष्ट्रिय टोलीमा बोलाइएपनि उनले एक पटक पनि फ्रान्सका लागि खेल्न पाएका छैनन् ।

फ्रेञ्च टोलीको सेन्टर ब्याक पोजिसनमा रफाएल भारान, लुकास हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे र कर्ट जुमा लगायतका खेलाडीहरुको प्रशस्तै बिकल्प रहेका कारण लापोर्टेले स्थान बनाउन सकिरहेका थिएनन् ।

लापार्टे अब स्पेनका लागि युरो कपमा रियल म्याड्रिड कप्तान सर्जियो रामोससँगै देखिने छन् । स्पेन प्रशिक्षक लुईस एन्रीकेको लागि सेन्ट्रल डिफेन्समा केही समस्या आइरहेका कारण लापार्टे उनका लागि राम्रो बिकल्पको रुपमा रहने छन् ।

जेरार्ड पिकेले २०१८ मा सन्यास लिएपछि रामोससँगै डिफेन्समा जोडिएकाहरुमा भिलारियालका पउ टोरेस, रियल सोसिडाडका इनिगो मार्टिनेज र म्यानचेस्टर सिटीका एरिक गार्सिया रहेका छन् ।

Click to comment

Trending