Headline

फाइनल अघि के भन्छन् दुवै टोलीका कप्तान र प्रशिक्षक ?

Published

on

नेपालको पहिलो फुटबल फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिगले शनिबार नयाँ तथा पहिलो बिजेता पाउँदै छ । पहिलो संस्करणको बिजेता बन्न धनगढी एफसी र काठमाडौँ रेजर्स खेल्दै छन् ।

काठमाडौँका कप्तान बिकेश कुथु र धनगढीका कप्तान किरण चेम्जोङ हुन् । यि दुई गोलरक्षक लामो समय देखी राष्ट्रिय टोलीमा रहदै आएका छन् । किरण पहिलो रोजाईका गोलरक्षक हुन् भने बिकेसले लामो समय बेन्चमा बिताएका छन् । दुई उत्कृष्ट गोलरक्षक कप्तानको भिडन्त सहित फाइनल रोमान्चक हुने आशा गरिएको छ ।

पहिलो बिजेतालाई छुट्टै पहिचान हुने भएका कारण दुवै टोली यो उपाधी जित्न चाहेको बताउछन् । के भन्छन् दुवै टोलीका कप्तान र प्रशिक्षक ?

धनगढी एफसी

फुजा तोपे, प्रशिक्षक

हामीले काठमाडौँसँग खेलिसकेका छौँ र हराएको पनि छौँ तर त्यस्को मतलब यो हैन कि हामी उनीहरुलाई कमजोर आक्ने छौँ । हामी हाम्रो सक्दो मेहेनतका साथ मैदानमा उत्रिने छौँ त्यो पनि ट्रफी उचाल्ने लक्ष्य सहित ।

किरण चेम्जोङ, कप्तान

हामीले तीन पटक काठमाडौँसँग खेल्न लागेका छौँ तर फाइनल भने प्रतिस्पर्धात्मक हुने छ । मेरो लागि सबै भन्दा ठुलो फाइनल हो । राष्ट्रिय टोली होअस वा क्लब सबैको उपाधि मेरो कारीयरमा निकै महत्वपूर्ण छ । हामी फाइनलमा सत प्रतिशत दिने छौँ ।

काठमाडौँ रेजर्स

बालगोपाल महर्जन, प्रशिक्षक

हामी धनगढी सँग दुई पटक पराजित भएका छौँ त्यस्को मतलब यो हैन कि हामी फाइनलमा हाम्रो उत्कृष्ट प्रदर्शन दिदैनौँ । हाम्रो खेलाडीहरु खेल्न तयार छन् । छोटो समयमै फाइनल खेल्दा केही गार्हो छ नै तर हामी फाइनलका लागि तयार छौँ ।

बिकेश कुथु, कप्तान

हाम्रो लागि यो फाइनल धेरै मान्य राख्छ । हाम्रो खेलाडी, हाम्रा प्रशिक्षक सबै तयार छौँ । लिग चरणमा हारको पाठ सिक्दै फाइनल सम्मा आएका छौँ र यो मौकालाई हामी सदुपयोग गर्ने छौँ । सबै खेलाडी निकै उत्साहित छन् ।

Click to comment

Trending