Headline

लाइपजिगलाई हराउँदै डर्ट्मण्डले जित्यो जर्मन कपको उपाधि

Published

on

आरबी लाइपजिगलाई ४-१ ले हराउँदै बोरुसिया डर्ट्मण्डले जर्मन कपको उपाधि जितेको छ । डर्ट्मण्डको जितमा जोर्डन सान्चो र एर्लिङ हालांडले दुई-दुइ गोल गरेका थिए ।

खेलको पाँचौँ मिनेटमै जोर्डन सान्चोले गोल गर्दै डर्ट्मण्डलाई अग्रता दिलाएका थिए । २८ औँ मिनेटमै हालांडले गोल गर्दै डर्ट्मण्डलाई २-० को अग्रता दिलाएका थिए । त्यस पछि पहिलो हाफको इन्जुरी समयमा सान्चोले गोल गर्दै खेल ३-० को स्थितीमा पुराएका थिए ।

दोस्रो हाफमा भने लाइपजिगले राम्रो मुभहरु बनायो । ७१ औँ मिनेटमा डानी ओल्मोले गोल गर्दै लाइपजिगका लागि एक गोल गरेका थिए । तर, ८७ औँ मिनेटमा हालांडले फेरी गोल गर्दै डर्ट्मण्डलाई ४-१ को सानदार जित निकाले ।

हारसँगै लाइपजिगको बुन्डेसलिगा आए देखी उपाधि जित्ने सपना अधुरो भएको छ । डर्ट्मण्डको भने यो पाँचौँ जर्मन कपको उपाधि हो ।

Click to comment

Trending