Headline

ग्रानडालाई हराएको रियलको उपाधि सपना जिवितै

Published

on

शुक्रबार भएको खेलमा ग्रानडालाई ४-१ ले हराँउदै रियल म्याड्रिडले आफ्नो ला लिगा उपाधिको सपना जिवितै राखेको छ ।

ग्रानडाको घरमा भएको खेलमा रियलको जितमा लुका मोड्रिच, रोड्रिगो गोएस, अल्भारो ओड्रिओजोला र करीम बेन्जेमा ले समान एक गोल गरे । घरेलु टोलीका जर्ग मोलिनाले एक गोल गरे ।

१७ औँ मिनेटमै लुका मोड्रिचले गोल गरे पछि १-० ले अगाडि बढेको रियलले पहिलो हाफमा अर्को एक गोल थपेको थियो । पहिलो हाफमा थपिएको इन्जुरी समयमा रोड्रिगोले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा भने ग्रानडाले ७१ औँ मिनेटमा एक गोल फर्कायो । जर्ग मोलिनाले गोल गरे पछि २-१ को स्थितीमा आएको खेलमा रियलले त्यसपछि एक मिनेटको अन्तरालमा दुई गोल गरेको रियलले ४-१ को जित निकाल्यो । रियलका लागि ७५ औँ मिनेट अल्भारो ओड्रिओजोला र ७६ औँ मिनेटमा करीम बेन्जिमाले गोल गरेका थिए ।

जित पछि रियलले शिर्ष स्थानको एट्लेटिको माथि दवाब कायमै राखेको छ । रियलको ३६ खेलबाट ७८ अंक पुगेको शीर्षस्थानको एट्लेटिकोको ८० अंक छ । तेस्रो स्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाको ७६ अंक रहेको छ ।

Click to comment

Trending