Headline

युनाइटेडलाई हराँउदै लिभरपुलको युरोपको आशा कायम

Published

on

म्यानचेस्टर युनाइटेडलाई उसकै घरमा ४–२ ले पराजित गर्दै लिभरपुलले इङ्गलिस प्रिमियर लिगबाट च्याम्यिन्स लिगका लागि छनौट हुने आफ्नो आशालाई जिवितै राखेको छ ।

ओल्ड ट्राफोर्ड बाहिर समर्थकहरुले ग्लेजर परिवारको स्वामित्वको बिरोध गरिरहदा प्राप्त रोमान्चक जितपछि लिभरपुल ६० अंक सहित पाचौं स्थानमा उक्लिएको छ । मात्र तीन खेल खेल्न बाकी रहेको अवस्थामा लिभपुरललाई लेस्टर सिटी अथवा चेल्सीलाई पछाडी पार्नु पर्ने चुनौति छ ।

तेश्रो स्थानमा रहेको लेस्टरको ६६ र चौथोमा रहेको चेल्सीको ६४ अंक छ । दुवै टोलीले एक खेल बढी खेलेका छन् । योर्गन क्लोपको टोलीलाई ३५ खेल नै खेलेका वेष्ट ह्याम (५८), टोटेन्ह्याम (५६) र एभर्टन (५६) ले ओभरटेक गर्न सक्ने खतरा भने कायम नै छ ।

एभर्टन बिहिबार नै भएको खेलमा एस्टन भिल्लासँग गोलरहित बराबरीमा रोकिदा छैटौं स्थानमा उक्लन चुकेको थियो ।

ओल्ड ट्राफोर्डमा युनाइटेडले १० औं मिनेटमै ब्रुनो फर्नान्डेसको गोलमार्फत अग्रता पाएको थियो । तर ३४ मिनेटमा नै डियोगो जोटाले गोल गर्दै बराबरी गरेका थिए । त्यसपछि रोबर्टौ फर्मिनोले पहिलो हाफमो इन्जुरी समय र दोश्रो हाफको शुरुवातमै गोल गर्दै लिभपुललाई ३–१ को अग्रता दिलाएका थिए ।

मार्कस रासफोर्डले ६८ औं मिनेटमा युनाइटेडका लागि दोश्रो गोल फर्काए । यद्दपि मोहम्मद सलाहले नियमित समयको अन्तिम मिनेटमा गोल गर्दै लिभरपुलको जित सुनिश्चित पारेका थिए ।

युनाइटेडले सन् १९५८ पछि पहिलो पटक तीन दिनको अन्तरालमा दुई पटक घरेलु मैदानमा पराजय व्यहोर्न पुगेको हो । उसले १९६९–७० को सिजनपछि पहिलो पटक २७ गोल खान पुगेको हो । लिभरपुल भने यो सिजनकै उत्कृष्ट लयमा रहने क्रममा ७ खेल अपराजित रहेको छ ।

Click to comment

Trending