Headline

काठमाडौं रेजर्स नेपाल सुपर लिगको फाइनलमा

Published

on

दुई बिदेशी खेलाडीको उच्च प्रदर्शनमा काठमाडौं रेजर्स ललितपुर सिटी एफसीलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ ।

मेसुकेले पहिलो हाफमा दुई र स्टेफन समिरले दोश्रो हाफमा एक गोल गरेपछि काठमाडौंले शनिबारको लागि धनगढीसँग उपाधि भिडन्त पक्का गर्यो । काठमाडौं लिग चरण र पहिलो क्वालिफायरमा धनगढीसँग पराजित भएको थियो ।

२४ घण्टा नबित्दै दोश्रो खेल खेलिरहेको ललितपुरले पहिलो हाफमा दुई पटक स्पष्ट गोल अवसर खेर फालेको थियो । तर काठमाडौंले भने पाएका मौकाहरुमा चाहे अनुरुपको फिनिसिङ्ग गरेको थियो ।

मेसुके एक पटक फेरि अब्बल रहे । बक्समा खतरनाक देखिएका उनले पहिलो गोलका लागि आफै पेनाल्टी जितेका थिए भने दोश्रो गोलमा उत्कृष्ट ढँगले गोल गरेका थिए । उनले प्रतियोगितामा व्यक्तिगत छैटौं र सातौं गोल गरेका हुन् ।

दोश्रो हाफमा थकानका कारण ललितपुरको खेल प्रभावित देखिए पनि उसले निरन्तर दवाब भने बनाइरहेको थियो । तर पहिलो हाफमा जस्तै गोल गर्ने अवसर सृजना गर्न भने असफल रहेको थियो ।

खेलको शुरुवातमा नै ललितपुरले गोल गर्ने स्पष्ट मौका खेर फाल्यो । अन्जन बिष्टले बनाएको मुभमा नुर्लान जाहिदको क्रसले काठमाडौं गोलकिपर बिकेश कुथुलाई बिट गरेपनि भिलिम पोसिन्कोभिच गोललाईन नजिकैबाट साधारण ट्याप इन दिन असफर रहेका थिए ।

लगत्तै मेसुकेले बायाँबाट बक्समा निकालेको पासलाई स्टेफन समिरले टाइट एँगलबाट गरेको प्रहार पोस्टमा लागेको थियो । १३ औं मिनेटमा कमल श्रेष्ठले मेसुकेलाई बक्स भित्र लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । मेसुकेको प्रहारलाई सहि आकलन गर्दै ललितपुरका गोलकिपर अर्पण कार्कीले डाइभ गरेपनि हातमा लागेर गोल भएको थियो ।

२२ औं मिनेटमा मेसुकेले अग्रताले दोब्बर बनाएका थिए । डिफेन्डर पिटर सेगुनले बक्सभित्र चुनौति दिदाँ दिदै पनि उनको सशक्त प्रहारलाई अर्पणले रोक्न सकेनन् । २७ औं मिनेटमा ललितपुरले अर्को मौका खेलर फाल्यो । अन्जन बिष्टले निकालेको सुन्दर थ्रु बललाई गौरभ बुढाथोकीले बिकेशसँगको वान भर्सेस वान स्थितिमै बाहिर प्रहार गरेका थिए ।

५९ औं मिनेटमा अर्का समिरले ललितपुरको अफ साइड ट्रयाप बिट गरेपछि छिरिङ गुरुङको लङ्ग बललाई चेस्ट कन्ट्रोल गर्दै सेकेण्ड बारमा सहज गोल गरेका थिए । काठमाडौं तेश्रो गोलपछि रक्षात्मक रणनीतिमा उत्रदै काउन्टर अट्याकमा मात्रै जाँदा ललितपुरले निरन्तर दवाब बनायो तर पहिलो हाफ जसरी गोलको नजिक पुग्न सकेन ।

Click to comment

Trending