Headline

मेसुकेको उत्कृष्ट प्रदर्शनपछि ललितपुरबिरुद्ध काठमाडौंलाई दुई गोलको अग्रता

Published

on

बिदेशी खेलाडी मेसुकेले आफ्नो उत्कृष्ट लयलाई कायमै राखि दुई गोल गरेपछि काठमाडौं रेजर्सले नेपाल सुपर लिगको दोश्रो क्वालिफायरको पहिलो हाफमा २–० को अग्रता लिएको छ ।

ललितपुर दशरथ रँगशालामा दुई पटक स्पष्ट गोल गर्ने मौकामा चुक्दा मेसुकेले प्राप्त मौकालाई गोलमा परिणत गरेका हुन् । प्रतियोगितामा उनले छैटौं र सातौ गोल गरेका हुन् ।

खेलको शुरुवातमा नै ललितपुरले गोल गर्ने स्पष्ट मौका खेर फाल्यो र त्यसमा खलनायक रहे बिदेशी खेलाडी भिलिन पोसिन्कोभिच । अन्जन बिष्टले बनाएको मुभमा नुर्लान जाहिदको क्रसले काठमाडौं गोलकिपर बिकेश कुथुलाई बिट गरेपनि पोसिन्कोभिचले गोललाईन निरै साधारण ट्याप इन दिन चुकेका थिए ।

लगत्तै काठमाडौंका मेसुकेले बायाँबाट बक्समा निकालेको पासलाई स्टेफन समिरले टाइट एँगलबाट गरेको प्रहार पोस्टमा लागेको थियो । १३ औं मिनेटमा काठमाडौंले पेनाल्टी पायो र त्यसलाई मेसुकेले जितेका थिए ।

कमल श्रेष्ठले मेसुकेलाई बक्स भित्र लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । मेसुकेले पेनाल्टीमा गरेको प्रहारलाई ललितपुरका गोलकिपर अर्पण कार्कीले सही दिशामै डाइभ गरेपनि उनको हातमा लागेर गोल भएको थियो ।

२२ औं मिनेटमा मेसुकेले अग्रताले दोब्बर बनाएका थिए । डिफेन्डर पिटर सेगुनले बक्सभित्र चुनौति दिदाँ दिदै पनि प्रहार गरेको सशक्त प्रहारलाई अर्पणले रोक्न सकेनन् । २७ औं मिनेटमा ललितपुरले अर्को मौका खेलर फाल्यो । अन्जन बिष्टले निकालेको सुन्दर थ्रु बललाई गौरभ बुढाथोकीले बिकेशसँगको वान भर्सेस वान स्थितिमै बाहिर प्रहार गरेका थिए ।

बुधबार बुटवल लुम्बिनी एफसीलाई एलिमिनेटरमा पराजित गरेको ललितपुरले २४ घण्टा नबित्दै दोश्रो खेल खेलिरहेको हो ।

काठमाडौं पहिलो क्वालिफायरमा धनगढी एफसीसँग हार व्यहोरेपछि दोश्रो क्वालिफायर खेल्नु परेको थिए । यो टिमको बिजेताले शनिबार हुने फाइनलमा धनगढीसँग खेल्नेछ ।

Click to comment

Trending