Headline

प्रशिक्षक अलमुताइरीको बोल्ड निर्णय, पहिलो सुचीबाट धेरै खेलाडी परिवर्तन

Published

on

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षण सुरु गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत बुधबारबाट राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्दा धेरै पुराना अनुहारले भने मौका पाएका छैनन् ।

अप्रिल १३ मै पहिलै ३२ खेलाडीका सुची निकालेका अब्दुल्लाहले नेपाल सुपर लिग हेर्दै चोट लागेका र खेल खस्किएका पूराना खेलाडीहरुलाई परिवर्तन गर्दै नयाँ ३२ खेलाडीको सुची निकालेका हुन् । उनले हिजो मात्र सम्पन्न नेपाल सुपर लिगको विजेता टोली काठमाडौँ रेजर्सका कुनै खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छैनन् ।

पहिलो सुचीमा अटाएका अजित भण्डारी, छिरिङ गुरुङ, तेज तमाङ र सन्जोक राई र गोलरक्षक बिकेश कुथु पनि दोस्रो सुचीबाट बहिरिएका छन् । नयाँ सुचीमा कमल थापा, सुरज जिउ ठकुरी, अमित तमाङ र आयुश घलान पहिलो पटक बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु हुन् । यस्तै नयाँ सुचीमा नितिन थापा, सुमन अर्याल, पूजन उपरकोटी र अनन्त तमाङ बन्द प्रशिक्षणमा फर्किएका छन् ।

नेपालले २९ मे मा इराकसँग मैत्रीपूर्ण खेल खेल्दै उतैबाट कुवेतमा हुने विश्वकप २०२२ तथा एसियन कप २०२३ को लागि जाने तालिका रहेको छ ।

गोलरक्षक: किरण कुमार लिम्बु, दिप कार्की, बिशाल सुनार

डिफेण्डर: रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तमाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ , कमल थापा, सुमन अर्याल, बिकास खवास, बिवेक बस्नेत, अमित तमाङ

मिड्फिल्डर: सुरज जिउ ठकुरी, मनिष डाङ्गी, एरिक बिष्ट, बिशाल राई, सुनिल बल, रवी पासवान, सेसेहाङ आङ्दाम्बे, सन्तोष तमाङ, अन्जन बिष्ट, सुमन लामा, पूजन उपरकोटी, आयुश घलान, नितिन थापा

फर्वार्ड् : दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा

 

 

 

 

 

Click to comment

Trending