Headline

युरोपियन राउण्डअप: एट्लेटिकोलाई चार अंकको अग्रता, चेल्सी पराजित, पिएसजी फाइनलमा

Published

on

ला लिगा

स्पेनिश ला लिगा अन्तर्गत बुधबार भएको खेलमा रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै एट्लेटिको म्याड्रिडले शीर्षस्थानमा ४ अंकको अग्रता लिएको छ ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एट्लेटिकोको जितमा यान्निक कारास्को र एन्जल कोरेआले गोल गरे । रियल सोसिडाडका इगल जुविल्डियाले एक गोल गरे ।

एट्लेटिकोको ३६ खेलबाट ८० अंक रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ तथा एक खेल कम खेलेर तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ७५ र सेभियाको ७४ अंक छ ।

अन्य खेलहरुमा सेभियाले भ्योलन्सियालाई १–०, सेल्टा भिगोले गेटाफेलाई १–० र हुएस्काले एथलेटिको बिल्वाओलाई १–० लाई हरायो

प्रिमियर लिग

प्रिमियर लिग अन्तर्गत बिहीबार भएको खेलमा चेल्सी आर्सनलसँग १-० ले पराजित भएको छ । स्टामफोर्ड ब्रिजमा भएको खेलमा आर्सनलका इमिल स्मिथ रोवीले गोल गरेका थिए । उनले १६ औँ मिनेटमा पिएरे इमरिक औवामियाङको पासमा निर्णायक बन्न पुग्यो ।

चेल्सी ३६ खेलबाट ६४ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा आर्सनल ५५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

फ्रान्स

पेनाल्टी सुटआउटमा जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनलमा पुगेको छ । पीएसजीले मोन्टपेलिएरलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै फाइनल पुगेको हो ।

९० मिनेट सकिँदा सम्म २–२ गोलको बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा पीएसजीले बिजयी हुन पुग्यो । पेनल्टीमा पीएसजीका एन्जल डि मारिया, जुलियन ड्राक्सलर, लियान्द्रो ड्यानियल पारेडेस, मार्किनोस, नेयमार र मोइस किनले गोल गरे ।

खेलमा किलियन एम्बाप्पेले दुई गोल गरेका थिए । दुई पटकको अग्रता जोगाउन नसक्दा खेल पेनाल्टी सुटआउटमा गएको थियो । पिएसजीले उपाधिका लागि मोनाको र जिएफए रुमिलली भाल्लीरेसको बिजेतासँग १९ मे मा फाइनल खेल्ने छ ।

 

Click to comment

Trending