Headline

श्रीलंका लंका प्रिमियर लिगको दोश्रो संस्करण आयोजना गर्दै

Published

on

श्रीलंका क्रिकेट बोर्डले दोश्रो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) को दोश्रो संस्करण आगामी जुलाईमा गर्ने भएको छ ।

बोर्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति समेत तय गरेको जनाएको छ । बुधबार सार्वजनिक भए अनुसार प्रतियोगिता जुलाई ३० देखि अगष्ट २२ तारिख सम्म संचालन गरिने छ ।

श्रीलंका क्रिकेट बोर्डका व्यवस्थापन समितिका अध्यक्ष तथा श्रीलंका क्रिकेट टोलीका पुर्व कप्तान अर्जुन डि सिल्भाले उपयुक्त समय हेरेर प्रतियोगिताको मिति तय गरिएको र यसका अन्य विषयमा बोर्डले काम गर्दै गरेको भन्दै आगामी दिन यसको पूर्ण विवरण सार्वजनिक गरिने बताएका छन् ।

गत बर्ष कोरोनाका बीचमा नै आयोजना गरिएको लंका प्रिमियर लिगको पहिलो संस्करणमा पाँच टोलीको सहभागिता रहेको थियो। गाले ग्ल्याडियटर्सलाई ५३ रनको फराकिलो अन्तरले पराजित गर्दै जाफ्ना स्ट्यालियन्सले उपाधि चुमेको थियो ।

Click to comment

Trending