Headline

इस्तानबुलबाट पोर्टो सर्यो च्याम्पियन्स लिग फाइनल

Published

on

२०२०/२०२१ सिजनको च्याम्पियन्स लिग फाइनल टर्कीको इस्तानाबुलबाट पोर्चुगलको पोर्टोमा सारीएको छ । टर्कीको इस्तानाबुल स्थित एटटर्क ओलम्पिक रङशालामा हुने भनिए पनि मे ३१ सम्म पूर्ण लकडाउनमा रहे पछि फाइनल पोर्टो स्थित एस्टेडीओ डि डार्गोमा सारीएको हो ।

च्याम्पियन्स लिग २०२०/२०२१ को फाइनलका लागि युईएफले दुवै चेल्सी र म्यानचेस्टर सिटीका चार-चार हजार समर्थकलाई मैदानमा प्रवेश दिने जनाएको छ । पोर्चुगलका समर्थकहरुलाई पनि मैदानमा प्रवेश दिने युएफाले बताएको छ ।
इङ्ल्याण्ड एफएले पनि फाइनल वेम्बली अथवा भिल्ला पार्कमा गराउन सम्भव भएको बताए पनि पोर्चुगल सुरक्षित रहेका कारण युएफाले फाइनल पोर्टोमा सारेको हो ।

मे २९ मा हुने फाइनलका लागि तयारी थाल्न युईएफाले पोर्चुगललाई जानकारी गरिसकेको छ । चेल्सी र म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फाइनलमा खेल्न लागेका हुन् । २०१९ पछि फेरी दुई इङ्लिश टोलीहरु फाइनलमा भिड्दै छन् ।

Click to comment

Trending