Headline

अन्जनको डाइभिङ्ग हेडरसँगै ललितपुरले पायो फाइनलको लागि दोश्रो मौका

Published

on

अन्जन बिष्टको एक मात्र डाइभिङ्ग गोलको मद्दतमा ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको फाइनलका लागि दोश्रो मौका पाएको छ ।

दशरथ रँगशालामा भएको एलिमिनेटरमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गर्यो । झण्डै आधा दर्जन गोल गर्ने स्पष्ट अवसरमा चुक्दा बुटवल लुम्बिनी अन्तत बाहिरिन पुग्यो ।

ललितपुरले अब दोश्रो क्वालिफायरमा बिहिबार नै काठमाडौं रेजर्सबिरुद्ध खेल्नेछ । काठमाडौं पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित भएको टोली हो । शनिबारको फाइनलमा धनगढीले आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

खेलमा बुटवलले दवाब बनाएपनि अन्जनले उत्कृष्ट टिम मुभमा आएको मौकालाई सुन्दर गोल गर्दै ललितपुरको जित सुनिश्चित गरेका थिए ।

६१ औं मिनेटमा निरन्तर दवाब बनाइरहदा ललितपुरले अग्रता पायो । नुर्लान जाहिदले बायाँबाट बक्समा निकालेको क्रस क्लियर नहँुदा मिक्चेन तामाङको पास गोललाईन अगाडी डिफ्लेक्सट भएर आएपछि अन्जनले डाइभिङ्ग हेडर मार्फत सुन्दर गोल गरेका थिए ।

३१ औं मिनेटमा ओमालाजा करिमको फ्रि–किकमा आशिष लामो हेडरलाई ललितपुर गोलकिपर अर्पण कार्कीले डाइभ गर्दै कर्नरका लागि पठाएका थिए । कर्नरमा आएको बलमा विलियम ओपोकुको प्रहार सोझै अर्पणको हातमा गएको थियो ।

त्यसअघि कमल श्रेष्ठले ललितपुरका लागि पोस्ट नजिकै बाट टाइट एँगलमा निकै बाहिर प्रहार गरेका थिए । ३३ औं मिनेटमा अन्जन बिष्टले एक्लै लिएर गएको बलमा गरेको सशक्त प्रहारलाई बुटवलका गोलकिपर बिशाल श्रेष्ठले उत्कृष्ट ढँगाले रोकेका थिए ।

४० औं मिनेटमा बुटवलले गोल गर्ने सुनौलो अवसर खेर फाल्यो । ओपोकुले अफसाइड ट्रयाप बिट गर्दै बक्स भित्रबाट कमजोर प्रहार गरेका थिए । अर्पणले बल नियन्त्रणमा लिन नसक्दा रिबाउण्डमा आएको बललाई आशिषले खाली पोस्टमा पनि गोल गर्न असफल रहेका थिए ।

दोश्रो हाफको पहिलो अवसर ललितपुरले सृजना गर्यो । करिमले डिफेन्सबाट हेडरमार्फत क्लियर गरेको बल पाउदा ओपन चान्स पाएका नुर्लान जाहिदको प्रहार पोस्टमाथिबाट जान पुग्यो ।

६४ औं मिनेटमा आशिषले डिफेन्डर पिटर सेगुनले चुनौति दिदै गर्दा गरेको सशक्त प्रहारलाई अर्पणले उत्कृष्ट बचाउ गरेका थिए । ७३ औं मिनेटमा बिशालले अन्जनलाई वान भर्सेस वानको स्थितिमा रोकेका थिए । लगत्तै सब्स्टिच्युट मान बहादुर परियारले गोलपोस्टको अगाडी कर्नरबाट आएको बललाई जाली चुमाउन असफल भए ।

बुटवलले ७८ औं मिनेटमा अर्को दुई मौका खेलर पाल्यो । करिमको ग्राउण्ड शट पोस्टमा लागेर फर्किएको थियो भने रिबाउन्डमा सुमन लामाको प्रहार थोरैले बाहिरिन पुग्यो ।

Click to comment

Trending