Headline

नेपाल सुपर लिग एलिमिनेटरः बुटवल लुम्बिनी लगातार मौकामा चुक्दै

Published

on

नेपाल सुपर लिगको एलिमिनेटर अन्तर्गत ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

दशरथ रँगशालामा बुटवल लुम्बिनीले धरै मौका गुमाएको छ । ३१ औं मिनेटमा ओमालाजा करिमको फ्रि–किकमा आशिष लामो हेडरलाई ललितपुर गोलकिपर अर्पण कार्कीले डाइभ गर्दै कर्नरका लागि पठाएका थिए । कर्नरमा आएको बलमा विलियम ओपोकुको प्रहार सोझै अर्पणको हातमा गएको थियो ।

त्यसअघि कमल श्रेष्ठले ललितपुरका लागि पोस्ट नजिकै बाट टाइट एँगलमा निकै बाहिर प्रहार गरेका थिए । ३३ औं मिनेटमा अन्जन बिष्टले एक्लै लिएर गएको बलमा गरेको सशक्त प्रहारलाई बुटवलका गोलकिपर बिशाल श्रेष्ठले उत्कृष्ट ढँगाले रोकेका थिए ।

४० औं मिनेटमा बुटवलले गोल गर्ने सुनौलो अवसर खेर फाल्यो । ओपोकुले अफसाइड ट्रयाप बिट गर्दै बक्स भित्रबाट कमजोर प्रहार गरेका थिए । अर्पणले बल नियन्त्रणमा लिन नसक्दा रिबाउण्डमा आएको बललाई आशिषले खाली पोस्टमा पनि गोल गर्न असफल रहेका थिए ।

अन्तिम समयमा पाएको फ्रि–किकमा ललितपुरले राम्रो आक्रमण बुन्न सकेको थिएन ।

यो खेलको बिजेताले बिहिबार हुने दोश्रो क्वालिफायरमा काठमाडौं रेजर्सको सामना गर्नेछ । काठमाडौं पहिलो क्वालिफायरमा पराजित भएपछि अर्को मौका कुरिरहेको छ । मङ्गलवार धनगढी एफसी काठमाडौंलाई २–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

Click to comment

Trending