अन्तर्राष्ट्रिय

बंगलादेशसँगको एकदिवसीय शृंखलाका लागि पारेरा कप्तान नियुक्त, चन्दिमल र म्याथ्युस टोलीमा अटाएनन्

Published

on

श्रीलंका क्रिकेट बोर्डले घरेलु टोली बंगलादेश विरुद्धको एकदिवसीय शृंखलाका लागि कुशल पारेरालाई कप्तान नियुक्त गरेको छ । त्यस्तै १८ सदस्यिय टोलीको उपकप्तानमा कुसल मेन्डिसलाई जिम्मा दिएको छ ।

यस अघि घरेलु टोली वेस्ट इन्डिज विरुद्धको तीन खेलको शृंखलामा दिमुथ करुनारत्नेले श्रीलंका टोलीको कप्तानी सम्हालेका भए पनि उक्त शृंखलामा ३-० को हारको सामना गरे पछि श्रीलंकाले ३० वर्षिय पारेरालाई कप्तानको भूमिका दिएको हो ।

श्रीलंका क्रिकेट बोर्डले बंगलादेशसँगको शृंखलाका लागि अनुभवी खेलाडीहरु दिनेश चन्दिमल, एन्जेलो म्याथ्युस र लाहिरु थिरिमानेलाई पनि आफ्नो टोलीमा समावेस गरेको छैन । श्रीलंका टोलीमा चिमिका करुनारत्ने र शिरन फर्नान्डोले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् भने यस अघि दुईवटा ट्वान्टी ट्वान्टी बिनुरा फर्नान्डोले पनि टोलीमा ठाउँ पाएका छन् ।

श्रीलंका र बंगलादेश बीचको एकदिवसीय खेल मे २३, २५ र २८ मा ढाकामा आयोजना हुनेछ ।

श्रीलंका टोली – कुसल परेरा (कप्तान), कुसल मेन्डिस, दनुश्का गुनथिलाका, धनन्जय डि सिल्वा, पथुम निस्संका, दसुन शनाका, अशेन बन्दरा, वनिन्दु हसरंगा, इसुरु उडाना, अकिला दनन्जय, निरोशन डिकवेला, दुश्मन्था चमीरा, रमेश मेन्डिस, असिथ फर्नान्डो, लक्षण सन्दाकन, चमिका करुनारत्ने, बिनुरा फर्नान्डो र शिरन फर्नान्डो

Click to comment

Trending