Headline

ललितपुर सिटी र बुटवल लुम्बिनी एलिमिनेटरमा खेल्दै

Published

on

नेपाल सुपर लिगको एलिमिनेटरमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी फुटबल क्लब खेल्दै छन् । तेस्रो र चौँथो स्थानमा रहदै प्लेअफमा पुगेका यि दुई टोली बुधवार एलिमिनेटरमा खेल्न लागेका हुन् ।

लगतार चार खेलमा तीन खेल बराबरी र एक खेल पराजित भए पछि प्रशिक्षक प्रदिप हुमागाँईलाई बर्खास्त गर्दै साहायक प्रशिक्षक राजु तामाङलाई जिम्मेवारी पछि लगतार दुई खेल जित्दै ललितपुर एलिमिनेटरमा पुगेको थियो । बुटवल भने आफ्नो अन्तिम खेलमा धनगढीलाई १-० ले पराजित गर्दै प्लेअफमा स्थान बनाएको थियो ।

        यो पनि पढ्नुहोस् : किरणले नियन्त्रण गुमाए, पेनाल्टी दिए, पेनाल्टी बचाए

वुधबार हुने खेलमा नेपाली राष्ट्रिय टोलीका दुई युवा खेलाडी अन्जन बिष्ट र अभिषेक रिजालको खेल हेर्न लायक हुने छ । शुधारिएको प्रदर्शन गर्दै आएको ललितपुर र ‘टिमवर्क’ का साथ अघी बढीरहेको बुटवलका लागि दोस्रो क्वालिफायर्स खेल्न यो खेलमा जित आवस्याक छ ।

बुटवलका लागि मिड्फिल्डर विलियम ओपोकु र ललितपुरका लागि दुई खेलमा राम्रो दर्शन गर्दै आएका नुर्लान जाहिदको खेलले असर पार्ने छ । अग्रपङ्तीमा बुटवल शसक्त देखिने हो भने ललितपुरलाई खेलमा गार्हो हुने छ । ललितपुरले भने काउन्टर अट्याकिङ फुटबलमा जोड दिने सम्भावना बलियो छ ।

खेल नेपाली समय अनुसार ५:३० बजे सुरु हुने छ ।

Click to comment

Trending