Headline

लेभान्टेसँगको बराबरी पछि उपाधि होडमा बार्सिलोनालाई गार्हो

Published

on

लिभान्टेसँग ३-३ को बराबरी खेले पछि बार्सिलोना स्पेनिस ला लिगाको उपाधि होडमा बार्सिलोना लाई गार्हो परेको छ ।

लिभान्टेको घरमा भएको खेलमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी, पेड्री गोन्जालेज र ओस्मान डेम्बेलेले एक–एक गोल गर्दा लेभान्टेका मेलेरो मान्जारनेस, जोसे लुइस मोरालेस र सर्जियो लिमोनेसले समान एक गोल गरे ।

खेलको २५ औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३४औँ मिनेटमा पेड्रीले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २-० ले अघी रह्यो ।

दोस्रो हाफमा भने लिभान्टेले धेरै मुभ बनायो । ५७ औँ मिनेटमा मन्जानरेस र त्यस्को दुई मिनेट पनि नबित्दै मोरालेसले गोल गर्दै लेभान्टेलाई खेलमा फर्काए । ६४ औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । तर ८३औँ मिनेटमा लिमोनेसले गोल गरेपछि खेल ३-३ को अवस्थामा आयो । लिमोनेसले गोल गरे पछि बार्सिलोनाको उपाधि होड रोकिन पुगेको थियो ।

बराबरी पछि शीर्ष स्थानमा उक्लिने मौका गुमाएको बार्सिलोनाले रियल मड्रिडलाई उछिन्दै दोस्रो स्थानमा भने उक्लिएको छ । बार्सिलोनाले ३६ खेलमा ७६ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक छ । एट्लेटिको ३५ खेल खेलेको छ । ३५  खेल खेलेको रियलसँग ७५ अंक छ ।

Click to comment

Trending