Headline

नेपालले इराकसँग खेल्ने भनिएको मैत्रिपूर्ण खेल हुने सम्भावना न्युन

Published

on

नेपाली राष्ट्रिय टोलीले इराकसँग खेल्ने भनिएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण हुने सम्भावना कम भएको छ ।

कोरोना भाईरसको बढ्दो संक्रमणका कारण नेपाल सरकारले ३१ मे सम्म अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेसँगै खेल नहुने सम्भावना बढेर गएको हो ।

नेपालले इराकको राष्ट्रिय टोलीसँग २९ मे मा दक्षिणी इराकको बासरा रंगशालामा खेल्ने तय भएको थियो । विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरण खेल्दै गरेको नेपालले इराकसँगको खेललाई अभ्यासका रुपमा खेल्ने तालिका थियो ।

यो पनि पढ्नुहोस् : किरणले नियन्त्रण गुमाए, पेनाल्टी दिए, पेनाल्टी बचाए

इराकले पनि लामो गृह युद्ध पछि नेपाललाई मैत्रिपूर्ण फुटबलका लागि आमन्त्रण गरेको थियो । २०२२ मा अरब गल्फ कप गर्ने तयारीमा रहेको इराकले नेपाली फुटबल टोलीसँग मैत्रिपूर्ण फुटबल खेल्न अखिल नेपाल फुटबल संघलाई पत्र पठाएको थियो ।

एन्फा स्रोतका अनुसार पनि इराकमा हुने भनिएको खेल हुने सम्भावना न्युन रहेको छ । नेपालले इराकसँग मैत्रिपूर्ण फुटबल खेल्दै जुन-जुलाईमा हुने विश्वकप छनोटका बाँकी तीन खेल खेल्ने तलिका रहेको थियो ।

नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ । नेपालले पाँच खेल खेलिसक्दा चाइनिज ताइपेई माथि जित हात पार्दै तीन अंक बनाएको छ ।

 

Click to comment

Trending