Headline

युनाइटेड लेस्टरसँग पराजित भए पछि म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन

Published

on

म्यानचेस्टर युनाइटेडलाई लेस्टर सिटी एफसीले २-१ ले हराए पछि म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधी जितेको छ ।

मंगलबार राती भएको खेल लेस्टरका लागि लुक थोमस र कल्गर सोयुचुले गोल गर्दै युनाइटेडलाई २-१ ले प्राजित गरेका थिए । युनाइटेडका लागि भने मेसन ग्रिनवुडले एक गोल गरेका थिए ।

थोमसले खेलको १० औँ मिनेटमा लेस्टरलाई अग्रता दिलाए पनि युनाइटेडका लागि १५ औँ मिनेटमै ग्रिनवुडले गोल गरे पछि खेल बराबरीमा आएको थियो । त्यस पछि भने दोस्रो हाफको ६६ औँ मिनेटमा सोयुचुले गोल गरेदै लेस्टरलाई जित दिलाए ।

युनाइटेड पराजित भए पछि सिटीलाई लिगको उपाधी उपहार दिन पुग्यो । सिटीको यो पाँचौँ प्रिमियर लिग उपाधि हो । प्रशिक्षक गोर्डियोला आए पछि मात्रै सिटीले ८ उपाधि जितिसकेको छ ।

सिटीले २००८ मा अबु धाबीका सेख मन्सुरले क्लब किने पछि मात्रै १२ उपाधिहरु हात पेरिसकेको छ ।

Click to comment

Trending