Headline

बिशालको गोलपछि धनगढी नेपाल सुपर लिगको फाइनलमा

Published

on

बिशाल राइले अतिरिक्त समयमा गोल गरेपछि धनगढी एफसी नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो क्वालिफायरमा धनगढी एक गोलले पछाडी रहेको स्थितिमा मङ्गलवार काठमाडौं रेजर्सलाई निकै नै रोमाञ्चक खेलमा काठमाडौं रेजर्सलाई पराजित गर्न सफल भयो ।

१ सय आठौं मिनेटमा काठमाडौं डिफेन्सले खराब क्लियरेन्स गरेपछि सब्स्टिच्युट रमेश दँगालबाटको आएको हेडरमा बिशालले गोलकिपर बिकेश कुथुलाई आरामले बिट गर्दै बिजयी गोल गरेका थिए ।

तेज तामाङको गोलपछि पुजन उपरकोटीले प्रतियोगिताकै सम्भवत उत्कृष्ट गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तेजले लिगका सर्वाधिक गोलकर्ता मेसुकेको असिस्टमा हेडर मार्फत गोल गरेपछि काठमाडौंले अग्रता लिएको थियो ।

तर पुजनले बाइसाइकल किकमा गोल गर्दै धनगढीलाई खेलमा फर्काएका थिए । अतिरिक्त समयमा धनगढीले बिशालमार्फत उपाधिका लागि झण्डै एक कदम टाढा रहने गरि गोल गरेको थियो ।

अञ्जन राइले आफ्नो टोली पछाडी परेको स्थितिमा पोस्ट नजिकैबाट चुक्दा काठमाडौं खेलमा फर्कन असफल रहेको थियो । धनगढीले अब काठमाडौं र एलिमिनेटरको बिजेतासँग खेल्नेछ । दोश्रो क्वालिफायरको बिजेताले धनगढीसँग खेल्नेछ ।

एलिमिनेटरमा बुधबार बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसी खेल्दै छन् ।

खेलको पहिलो हाफमा काठमाडौंले नियन्तत्रण गरेको थियो । १६ औं मिनेटमा मेसुकेको कर्लिङ्ग शट क्रसबारमा लागेर फर्किएको थियो । ३७ औं मिनेट सुदिल राइले टाइट एँगलबाट गरेको प्रहारलाई धनगढीका गोलकिपर किरण चेम्जोङ्गले बचाइदिएका थिए ।

७५ औं मिनेटमा बिश्वास श्रेष्ठले निकालेको बलमा मेसुकेले बक्स भित्र निकालेको पासमा तेज तामाङले ६ यार्ड बक्सबाटै गरेको हेडरमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए ।

धनगढीले तीन मिनेटमै बराबरी गोल फर्कायो र प्रतियोगितामै उत्कृष्ट ढँगले । ७८ औं मिनेटमा निशान खड्काको कर्नरलाई बिकेश कुथुले पञ्च गरेपछि धनगढीका फ्रान्कालिन टालाले हेड गर्दा आएको बलमा पुजनले बाइसाइकल किक प्रहार गर्दै लिगकै सम्भवत उत्कृष्ट गोल गरेका थिए । पञ्च गर्न आफ्नो स्थानमा नरहेका बिकेशले आएर बचाउने समय नै थिएन ।

८९ औं मिनेटमा बिकेशले ओलावालेलाई वान भर्सेस वान स्थितिमा रोकेका थिए ।

Click to comment

Trending